back
CTIZAN AD

कवि र कविताः तोटक

वि.सं.२०७७ चैत २१ शनिवार

1.2K 

shares

कविले जब कोर्छ कुनै कविता,
झलमल्ल उदाँउछ रे सविता,
लयबद्घ हुँदा कविता कहिने,
मनमा मुटुमा मृदुता सजिने,

दिनरात बहन्छ यहाँ सरिता,
मनमोहक लाग्छ
सधैँ कविता,
कविता म पढूँ कविता म रचूँ,
मनमन्दिरमा कविता म जपूँ ।

अति मोह छ यो कविता कहने,
मनमा मुटुमा कविता बहने,
जब पढ्छु कुनै कविता मनले,
तब गाउन खोज्दछ यो तनले ।

कविता कविको हतियार न हो,
परिवर्तनको मृदु हार न हो,
कवि गर्जनमा तरबार हुने
कवि सौम्य हुँदा घरवार हुने ।

कहिले कवि बन्दछ अग्नि शिखा,
कहिले कवि रच्दछ मन्त्र ऋचा,
कवि हो बलवान खुँडा खुकुरी,
कवि हो गहना कवि नै ढुकुटी ।

पहरा छहरा अति रम्य बनोस् ,
घर मन्दिर यो कवितामय होस् ,
कवितासँग कोमल प्रीत भरूँ,
मधु वाचनले अब प्राण भरूँ,

 

वि.सं.२०७७ चैत २१ शनिवार ०६:०१ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. महङ्गीले छोयो आकाश गरिबले सजाएका सपना...

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कृष्णप्रसाद पौडेल ''जस्ताधरे'' विदुर - ४, बट्टार, नुवाकोट अनेक श्रेष्ठ...

चारु

चारु

मन्दा पौडेल, काठमाडौँ शाश्वत छ,न त ऊ हार मान्छ,न कोहीसँग...

सुसेली

सुसेली

सुशीला पौडेल, कोटेश्वर १ आमाको माया हुनेछैन कहिल्यै कसैमा छाया...

गजल

गजल

सुधिर थापा, कुपन्डोल , ललितपुर जीवन तब हाैसिन्छ पुगे आस...

गजल

गजल

डा. ठाकुर मोहन श्रेष्ठ, काठमाडौँ काटेर जराे मस्त चलाेस् भन्नु...