back
CTIZAN AD

माओवादीद्वारा सरकारको समर्थन फिर्ता लिने निर्णय हुँदै

वि.सं.२०७७ चैत २२ आइतवार

693 

shares

२२ चैत्र । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

आज आइतबार ११.०० बजेपछि बस्ने स्थायी समितिको बैठकबाट समर्थन फिर्ता हुने सो पार्टीको एक उच्च स्रोतले बताएको छ ।

समर्थन फिर्ता लिने कुरो आइतबारसम्म निर्णय हुने जानकारी यसअघि नै सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले बताएका थिए । अन्य राजनैतिक शक्तिहरुको अस्थिर र ढुलमुले स्वभावका कारण समर्थन फिर्ताको विषयलाई ‘पर्ख र हेर’ गर्दै आएको माओवादी केन्द्र नेपाली काँग्रेसको औपचारिक निर्णयसँगै समर्थन फिर्ताको प्रक्रियामा पुगेको हो ।

अदालतमा समेत पुनरावलोकन नपाएको सो पार्टीले वर्तमान राज्यसत्ताको गम्भिर समिक्षा, ओलितन्त्रको सिंहावलोकन, पूर्व माओवादीहरु तथा नेकपा एमालेको एक समूहसँगको सम्भावित सहकार्य र एकता तथा आन्तरिक चुस्तताका विषयहरु स्थायी समितिमा प्रवेश हुने बताइएको छ ।

नेकपा माओवादी केन्द्रले काँग्रेस र जसपासँग मिलेर ओलिको सर्वसत्तावादलाई परास्त गर्ने प्रष्ट रणनीति अख्तियार गरेको सो पार्टीले बताएको छ ।

वि.सं.२०७७ चैत २२ आइतवार ०८:४२ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...