-->
Logo
१७ असार २०७९, शुक्रबार
     Fri Jul 1 2022
E-paper
  English Edition
   Unicode
Logo

आज सोमबार, राशिफल हेरेर गर्नुहोस् तपाईको आजको दिनको सुरुवात !



मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्ला। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ । आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ । स्वास्थ्य भने अलि कमजोर रहनेछ। दिउँसोदेखि स्थितिमा सुधार आउनाले फाइदा हुनेछ । पुरानो हिसाबकिताबले विवाद निम्त्याउन सक्छ । सानो प्रयत्नले कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ । चुनौतीभित्र अवसर खोज्ने समय छ । प्रयत्न गर्दा जटिल काममा समेत सकारात्मक संकेत प्राप्त हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ । साँघतिर भने सामाजिक कामको जिम्मेवारी समेत प्राप्त हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ । अतिथिका रूपमा सत्कार पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । कामको चापबाट फुर्सद पाइनेछ । व्यवसायले मनग्गे आम्दानी दिलाउनेछ । विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ । दिउँसोदेखि अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ । बाध्यात्मक परिस्थितिले इच्छाशक्ति कुण्ठित हुनेछ। खर्च बढ्नेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
रोकिएका काम बन्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ । भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । दिउँसोदेखि रमाइलो जमघटमा सहभागी भइनेछ । अतिथिका रूपमा मान–सम्मान प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन प्रगाढ हुनेछ। मिहिनेतले लक्ष्यमा पुग्न सफल भइनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
विभिन्न अवसर प्राप्त हुनेछन्। तर, कामको मेसो नमिल्दा केही अलमल हुनेछ। कर्मक्षेत्रमा परिस्थिति अलि बिग्रन सक्छ । सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ । तापनि मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ । दिउँसोदेखि भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ । लगनशीलताले लक्ष्यमा पुर्याउनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ । केही अवसर प्राप्त भए पनि ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन् । काममा समेत उल्झन आउनाले पछि परिनेछ। साझेदारीमा आन्तरिक प्रतिस्पर्धा बढ्न सक्छ । केही घरायसी समस्याले पिरोल्न सक्छ । अध्ययनमा धेरै समय जुट्न नसकिएला। आफन्त टाढिन सक्छन ्। अरूको मुख ताक्ने बानीले पछि परिनेछ । साँझतिर स्थितिमा सुधार आउनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेत गर्दा सजिलै प्रतिस्पर्धीहरू पछि पर्नेछन् । दिउँसोदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला । बेसुरमा काम गर्दा दुःख पाइनेछ । पुरानो गतिले पनि काम बिग्रन सक्छ ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
अध्ययन र व्यापारमा सामान्य प्रगति हुनेछ । आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले सजग रहनुहोला । आफ्नो उपलब्धिमा अरूले दाबी–विरोध गर्न सक्छन्। भौतिक साधन संग्रह गर्ने अवसर छ । दिउँसोदेखि स्थितिमा सुधार आउनाले नयाँ परिस्थिति बन्नेछ । व्यापार बढ्नाले लाभ हुनेछ। कामको लगावले मनग्गे धन आर्जन हुनेछ । विभिन्न भौतिक साधन संग्रह गर्ने अवसर प्राप्त हुनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर जुट्नेछ । नयाँ कामको प्रस्ताव प्राप्त हुनेछ भने सहयोगीहरूले साथ दिनेछन् । कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ । बिछोडिएका आफन्तजनसँग भेटघाटको अवसर जुट्नेछ। दिउँसोदेखि आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ । आगन्तुकले अलमल्याउने हुँदा योजनाअनुसार काम गर्न नसकिएला। खर्चिलो कामले अर्थअभाव हुनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको विश्वासमा पर्दा धोका हुन सक्छ । टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ । दिउँसोदेखि सामान्य अवसर पाइनेछ । तर महत्त्वाकांक्षा पूरा गर्न बलजफ्ती अघि बढ्ने बानीले काम बिग्रन सक्छ । आगन्तुकले अलमल्याउने हुँदा योजनाअनुसार काम गर्न नसकिएला ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। स्रोत–साधन जुट्नाले कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ । उठ्नुपर्ने रकम हातलागी हुनेछ । दिउँसोदेखि सरसापट र भैपरी आउने कामले रकम बाहिरिन सक्छ । बसाइमा स्थानान्तरण हुन सक्छ । मिहिनेतको फल अरूलाई सुम्पनुपर्ला । परिवारजनबाट टाढिनुपर्ला ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रतिष्ठित काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ । आफ्नो क्षेत्रमा नाम र दाम कमाउने समय छ । मिहिनेतीहरूलाई आयआर्जनका नयाँ स्रोतसमेत फेला पर्नेछन् । तर दिउँसोदेखि खर्चिलो कामले धेरै रकम जुटाउनुपर्ने हुन सक्छ । प्रतीक्षित नतिजा सोचेजस्तो अनुकूल नआउन सक्छ । मिहिनेतको फल अरूलाई सुम्पनुपर्ला। मनग्य आम्दानी भए पनि रकम सञ्चय नहुन सक्छ ।

२०७७ चैत्र २३ गते, सोमवार, (५ अप्रिल २०२१)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

तपाईको आज (आइतबार) को राशिफल भन्छ–आज यी सात राशिकालाई हुनेछ विशेष लाभ !


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

बि.के राई, अमेरिका । युनाईटेड किरात राई अर्गनाईजेशन अफ अमेरिका (युक्रा) डिएमभिपी (डिसी, मेरिल्याण्ड,

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली