back
CTIZAN AD

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ नयाँ मूल्य

वि.सं.२०७७ चैत २३ सोमवार

792 

shares

२३ चैत्र, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य आइतबार पुनः वृद्धि गरेको छ । पछिल्लो विवरणअनुसार निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि गरेको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुगेको छ । यस्तै, डिजेल र मट्टीतेलमा समेत प्रतिलिटर दुई रुपैयाँ नै वृद्धि गरेको छ । नयाँ मूल्यअनुसार डिजेल र मट्टीतेल प्रतिलिटर रु १०३ पुगेको छ ।

नयाँ मूल्यसूची आइतबारको मध्यराति १२ बजेदेखि लागू भएको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत् नै राखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । निगमको आजको निर्णयअनुसार नै मूल्यवृद्धि गरिएको हो । पछिल्लो पटक अप्रिल १ मा इन्डियन आयल कर्पोरेशनले पठाएको मूल्यअनुसार नै मूल्य समायोजन गरिएको हो । मूल्य समायोजन नगर्दा निगमलाई मासिक एक अर्ब नौ करोड रुपैयाँ बराबरको घाटा हुने अवस्था आएको जनाइएको छ ।

निगमका अनुसार मूल्य समायोजनपश्चात् पेट्रोलमा प्रतिलिटर सात रुपैयाँ ३९ पैसा, डिजेलमा एक रुपैयाँ ९४ पैसा तथा खाना पकाउने एलपी ग्यासमा ४१८ रुपैयाँ ४७ पैसा घाटा भई करिब रु ८८ करोड बराबरको घाटा हुने देखिन्छ । एलपी ग्यासबाट मात्रै निगमलाई १५ दिनमा रु ६० करोड १३ लाख बराबरको घाटा भइरहेको छ । घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवस्थापन गरिने जनाइएको छ ।

वि.सं.२०७७ चैत २३ सोमवार ०८:०३ मा प्रकाशित

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...