back
CTIZAN AD

पूर्वप्रधानसेनापति राणाको निधन

वि.सं.२०७७ चैत २३ सोमवार

1K 

shares

२३ चैत्र, काठमाडौँ । #Tribute: पूर्वप्रधानसेनापति अर्जुननरसिंह राणाको निधन भएको छ । राणाको ९१ वर्षको उमेरमा आइतबार साँझ निधन भएको हो ।

कोभिड–१९ सङ्क्रमणबाट उत्पन्न निमोनियाका कारण वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा रहेका राणाको निधन भएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए।

राणाले सन् १९८३ देखि १९८७ सम्म प्रधानसेनापतिका रुपमा नेपाली सेनाको प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका थिए। सन् १९५८ मा उनको नेतृत्वमा पहिलो पटक नेपाल सेनाको पाँच जना अधिकृतको टोलि संयुक्त राष्ट्रसंघीय मिसन अन्तर्गत लेबनान(युनोगिल) गएको थियो ।

राणा पाकिस्तानका लागि पूर्वराजदूतसमेत रहेका थिए । उनी सन् १९८८ देखि १९९२ सम्म पाकिस्तानका लागि राजदूत रहेका थिए ।

१९३१ अप्रिल ८ मा ठमेलमा जन्मिएका राणा हाल ललितपुरको कुसुन्तीमा रहँदै आएका थिए । उनका चार छोरी छन्। उनको पार्थिव शरीरलाई सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ।

वि.सं.२०७७ चैत २३ सोमवार ०७:४८ मा प्रकाशित

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...