back
CTIZAN AD

क्रिकेट खेलाडीले लगाए कोरोना विरुद्धको खोप

वि.सं.२०७७ चैत २५ बुधवार

825 

shares

२५ चैत्र, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट (क्यान)टोलीका सदस्यहरुले ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा पुगेर कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।

नेपाल सरकारले दोश्रो चरण अन्तर्गत व्यवस्था गरेको कोराना विरुद्धको राष्ट्रव्यापी अभियान कार्यक्रम अन्तर्गत खोप लगाएका हुन । वैशाखमा घरेलु मैदान कीर्तिपुरमा मलेसिया र नेदरल्यान्ड्सबीच हुने त्रिकोणात्मक सिरिजमा बोलाइएका २० खेलाडी र फिजियो गरि २१ जनाले खोप लगाएको क्यानले जनाएको छ ।

जिल्ला जनस्वास्थ्य काठमाडौंको पहल तथा ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरको सहकार्यमा संचालित खोप कार्यक्रम अन्तरगत उनीहरुले पहिलो चरणको खोप लगाएका हुन् ।

खोप लगाउने राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरुमा पूर्व कप्तान पारस खड्का, क्याप्टेन ज्ञानेन्द्र मल्ल, खेलाडीहरु सन्दिप लामिछाने, सोमपाल कामी, विनोद दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी, सुशन भारी, साहब आलम, सन्दीप जोरा, विक्रम शोब, पवन सर्राफ र ललित नारायण राजवंशी रहेका छन् ।

चीन सरकारको सहयोग तथा अनुदानमा प्राप्त भएको भेरोसेल खोप लगाएका हुन । चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज खोप बुधबारदेखि १४ वटा खोप केन्द्रबाट दिइएको हो ।

उक्त खोप पहिलो चरणमा १८ देखि ५९ वर्ष उमेर समूहका प्राध्यापक, सीमापार व्यापार व्यवसाय गर्ने, चीनमा अध्ययन गर्न जाने विद्यार्थी, भ्रमणमा जाने कर्मचारीलाई लगाइएको छ ।

त्यस्तै यसअघि खोप लगाउन छुटेका अग्रपंक्तिमा खटिने जनशक्ति, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटल, ट्रेकिङ, विज्ञापन, इन्टरनेट, औषधि, फलफुल र तरकारी व्यवसाय गर्ने व्यक्तिहरुलाई पनि खोप दिइएको मन्त्रालयले जनाएको छ।

Pic: can

वि.सं.२०७७ चैत २५ बुधवार १९:४४ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...