back
CTIZAN AD

पत्रकार महासंघको निर्वाचन सम्पन्न, ९० प्रतिशत बढी मतदान

वि.सं.२०७७ चैत २५ बुधवार

669 

shares

२५ चैत्र, काठमाडौँ । नेपाल पत्रकार महासंघको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा र विभिन्न प्रतिष्ठान तथा एसोसिएटमा नयाँ नेतृत्वका लागि भएको निर्वाचन शान्तिपूर्ण रुपमा सकिएकाे छ ।

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले आजको मतदान भव्य र सभ्यरुपमा सम्पन्न भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत अध्यक्ष आचार्यले निर्वाचनमा ९० प्रतिशतभन्दा बढी मतदान भएको बताएका छन् । ‘निर्वाचनमा ९० प्रतिशतभन्दा बढी सदस्यले मतदान गर्नुभएको छ ।’ अध्यक्ष आचार्यले सञ्जालमा उल्लेख गरेका छन् ।

उनले मतदान सम्पन्न गर्न लागि पर्ने सबैमा हार्दिक आभार व्यक्त गरेका छन् । उनले भनेका छन् ‘मतदान सम्पन्न गर्न अहोरात्र खट्ने केन्द्र, प्रदेश र शाखाका निर्वाचन समिति, सुरक्षाकर्मीसहित आम पत्रकार साथीहरुमा हार्दिक आभार व्यक्त गर्दछु ।’

साथै उनले अब मत गणना सुरु भएको जानकारी दिँदै त्यसलाई व्यवस्थितरुपमा सम्पन्न गर्न सबैको साथ र सहयोगका लागि अनुरोध गरेका छन् ।

निर्वाचनबाट आउने नयाँ कार्यसमितिले लोकतान्त्रिक बिधि र प्रक्रियावाट चुनिने नेतृत्वले महासंघको साझा चरित्र र गरिमालाई कायम राख्दै सबैको भावना समेट्दै अघि बढ्ने विश्वास पनि उनले व्यक्त गरेका छन् ।

नेपाल पत्रकार महासंघ केन्द्र, प्रदेश र शाखा नेतृत्वका लागि प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत पहिलो पटक देशैभर एकैपटक निर्वाचन भएको हो ।

महासङ्घको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा र विभिन्न प्रतिष्ठान तथा एसोसिएटमा नयाँ नेतृत्वका लागि १३ हजार १२२ सदस्य मतदाता भएकोमा ११३५ जनाले मतदान गरेको जानकारीमा आएको छ । 

४९ पदका लागि १५२ को उम्मेदवारी परेको छ । केन्द्रीय समितिको अध्यक्षमा विपुल पोखरेल र निर्मला शर्माले प्यानलसहित उम्मेदवारी दिएका छन् भने गजेन्द्रसिंह बुढाथोकी पनि अध्यक्षको प्रत्याशी रहेका छन् ।

वि.सं.२०७७ चैत २५ बुधवार १९:१६ मा प्रकाशित

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...