back
CTIZAN AD

तपाईको आज (विहीबार)को राशिफल भन्छ–आज यी पाँच राशिकाले दिनुपर्नेछ विशेष ध्यान !

वि.सं.२०७७ चैत २६ बिहीवार

594 

shares

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ । पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । साझेदारीबाट पनि लाभ मिल्नेछ । पारिवारिक आवश्यकता पूर्ति होला । श्रमको उचित मूल्यांकन हुनेछ । धनको उपयोगबाट पनि फाइदै हुनेछ । दिगो लाभ हुने काम प्रारम्भ हुन सक्छ ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
नयाँ कामले नाम र दाम दिलाउनेछ । कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ । व्यवसायमा सोचेको प्रगति हुनेछ । कर्मयोगले मानसम्मान समेत दिलाउन सक्छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रमपछि न्यून सफलता मिल्नेछ । सहयोगी जुटाउन नसकिएला । आँटेका काम पूरा नभए पनि आंशिक फाइदा भने हुनेछ । धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ । स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ । सानातिना काममा अल्झनुपर्दा मुख्य काममा अवरोध हुन सक्छ । आशा देखाउनेहरूको भरपर्दा धोका हुन सक्छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अरूका काममा धेरै समय खर्चनुपर्ला । काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ । बाध्यतामा अलमलिनुपर्दा मन खिन्न हुनेछ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । पहिलेको कामलाई भने निरन्तरता दिन सकिनेछ । स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रियजनसँगको भेटघाटले दिन रमाइलो हुनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक कामले यात्राको अवसर दिलाउन सक्छ । दाम्पत्य जीवन रमाइलो रहनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । आतिथ्यपूर्ण सम्मान पाइनेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति होला । प्रतिस्पर्धीहरूले हार खानेछन् भने ईर्ष्या गर्नेहरूलाई मेहनतको पाठ सिकाउन सकिनेछ । स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । आलस्य गर्ने बानीले पछि परिनेछ भने मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ । कामको गति सुस्त हुनाले प्रतिफल पनि प्रभावित हुनेछ । आफ्नै कमजोरीले लक्ष्यमा पुग्न नसकिएला । राम्रो नतिजा हातपार्न काम दोहोर्याउनुपर्ला । अरूको भरले मात्र उद्देश्य पूरा नहुन सक्छ । अध्ययनका लागि दिन त्यति उपलब्धिमूलक नभए पनि व्यावसायिक कर्मले सामान्य गति लिनेछ ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
मान्यजनको मार्गदर्शन अनुचित लाग्नेछ । अथवा, कमजोर विकल्प अँगाल्नाले अवसर गुम्न सक्छ । सानो कमजोरीले बाधा पुर्याउनेछ । तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ । बेसुरमा दिएको वचनले समस्या निम्त्याउनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। पछिका लागि जोहो गर्नुपर्ने समय छ । व्यापार लगायत आर्थिक काममा मन्दी आउन सक्छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
साहसी काम गरेर अरूको मन जित्न सकिनेछ । मिहिनेतले व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन् । कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ । रोकिएका काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ। व्यापारमा प्रशस्त फाइदा हुने छ । तारिफयोग्य कामले मानसम्मान दिलाउनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ । वादविवादको समय रहेकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला । आँट गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । पहिलेको योजना स्थगित हुनेछ भने नयाँ काममा तत्काल जुट्न नसकिएला । आत्मविश्वास कमजोर हुनेछ । अद्यावधिक सूचनाको अज्ञानताले पछि परिनेछ । थोरै आर्जनमा चित्त बुझाउनुपर्ला ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
कामना पूर्ण हुनेछ भने रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ । आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । काममा विशेष अवसर प्राप्त हुनेछ । पहिलेको सफलताले पनि हौसला जगाउनेछ । मिहिनेतले सफलता दिलाउनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
खर्चिलो काम गर्नुपर्दा अर्थअभाव देखा पर्नेछ । परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ला । लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ । अरूको विश्वास गर्दा धोका पाइएला । आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति पनि आउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । यात्रा गर्ने अवसर जुट्न सक्छ ।

२०७७ चैत्र २६ गते, बिहीवार, (८ अप्रिल २०२१)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

तपाईको आज (बुधबार) को राशिफल, आज यी ६ राशिकालाई हुनेछ विशेष फाइदा !

वि.सं.२०७७ चैत २६ बिहीवार ०७:५९ मा प्रकाशित