back
CTIZAN AD

सुध्रिएनन् मासु पसल झिङ्गा भन्केको, फोहर र मापदण्डविपरीत सञ्चालन

वि.सं.२०७७ चैत २६ बिहीवार

732 

shares

२६ चैत्र, काठमाडौं । भक्तपुरका अधिकांश मासु पसल झिङ्गा भन्केको, फोहर र मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको छ । भक्तपुर नगरपालिकाले आज गरेको मासु पसल अनुगमनमा अधिकांश पसलमा झिङ्गा भन्किएका, फोहर र मापदण्डविपरीतका सञ्चालन भइरहेको पाइएको हो ।

भक्तपुर नगरपालिकाले यसअघि गरेको मासु पसल अनुगमनमा पनि यस्तै अवस्था देखिएको र पटक–पटक सुझाव दिँदा पनि अटेर गरेको भन्दै अनुगमन टोलीले मासु पसलमा सुधार नगरेकाले अब पनि अटेर गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ । नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा कमलविनायक क्षेत्रका विकास मिटसपमा बधस्थल पर्याप्त सफा नभएको, मासु खुला राखेर बिक्री गर्दा झिङ्गा भन्केको, धुलो परेको र फोहर भएको भन्दै सुधार्न निर्देशन दिएको छ ।

त्यस्तै कमलविनायक मिटसप अर्केको नाममा दर्ता गरेको, मूल्यसूची नराखेको, फोहर रहेको, तराजु नापतौल विभागमा नवीकरण नगरेको, मासुमा धुलो, धुँवा र झिङ्गा नजान जाली तथा सिसाको प्रयोग नगरेको पाइएको छ ।

सुरेन्द्र मिटसप, सरज मिटसप, मूलढोका ब्रोइलर हाउसलगायतमा मासु धुलो, धुँवा र झिङ्गा नभन्किने गरी व्यवस्था गर्न जालीले छोप्ने वा सिसाको बाकस बनाई व्यवस्था गर्न, एप्रोन सेतो प्रयोग गर्न, सरसफाइमा ध्यान दिन निर्देशन दिएको निरीक्षक रामकृष्ण प्रजापतिले बताए ।

अधिकांश मासु पसलमा सेतो एप्रोन प्रयोग नगरको, दर्ता तथा नवीकरण नगरेको पाइएकाले त्यस्तालाई तीन दिनभित्र दर्ता नवीकरण गर्न निर्देशन दिएको उनले बताए ।

वि.सं.२०७७ चैत २६ बिहीवार १७:०० मा प्रकाशित

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्ला । गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले...

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

काठमाडौं । जेटियुसिसीले ट्रेड युनियन अधिकारको विषयमा आवाज उठाउन भोलि...

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

काठमाडौँ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका...

संविधानको मूल संरचना अक्षुण्ण राखेर मात्र संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीशको सुझाव

संविधानको मूल संरचना अक्षुण्ण राखेर मात्र संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीशको सुझाव

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन...

दराज नेपालद्वारा ६.६ मिड इयर शपिङ फेस्टको घोषणा,७५ प्रतिशतसम्म छुट र बम्पर उपहार जित्ने अवसर

दराज नेपालद्वारा ६.६ मिड इयर शपिङ फेस्टको घोषणा,७५ प्रतिशतसम्म छुट र बम्पर उपहार जित्ने अवसर

काठमाडौँ । नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो...

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

कैलाली । धनगढी उपमहानगरपालिका–१५ कनरीस्थित दुग्ध विकास संस्थानअन्तर्गतको धनगढी दुग्ध...