२७ चैत्र, काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले तेस्रो वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको सो सभा बैशाख २६ गते कम्पनीको केन्द्रिय कार्यालय, हात्तीसार, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।
सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ सञ्चालकको निर्वाचन गर्ने, कम्पनीले कोभिड १९ राहत कोषमा सहयोग गरेको रकम अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ।
यस्तै, साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले बैशाख १० गतेदेखि २६ गतेसम्म बुकक्लोज गर्नेछ। यस अनुसार बैशाख ९ गतेसम्म नेप्सेमा कारोबार भर्इ कायम शेयरधनीहरुले इन्स्योरेन्सको सो सभामा सहभागिता जनाउन सक्नेछन्।
वि.सं.२०७७ चैत २७ शुक्रवार ११:१० मा प्रकाशित






























