२७ चैत्र, काठमाडौं । जिल्ला सुनसरी, इलाका प्रहरी कार्यालय, सितागञ्जमा कार्यरत प्रहरी जवान कासिन्दर यादव घुस सहित पक्राउ परेका छन् ।
यादवले इलाका प्रहरी कार्यालय सितागञ्जमा परेको उजुरी मिलाई दिने प्रयोजनका लागि सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निजलाई सेवाग्राहीसँग ४० हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।
निजलाई उक्त रकमसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।