२७ चैत्र, काठमाडौं । सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडले जारी गरेको आईपीओ आज बाँडफाँड हुने भएको छ ।
६ चैतदेखि सर्वसाधारणका लागि बिक्री खुला भएको कमपनीको आइपीओ आज ११ बजे बाँडफाँड हुने भएको हो।आइपीओ कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालय त्रिपुरेश्वरमा हुने भएको छ ।
कम्पनीले बिक्रीमा ल्याएको २९ लाख कित्तामध्ये सर्वसाधारणका लागि २६ लाख ९७ हजार कित्ता छुट्टयाइएको थियो।
आईपीओको नतिजा मेरो सेयरमा अपलोट गर्न समय लाग्ने भएकोले बाँडफाँड भएको ४ र५ घण्टापछि मात्र मेरो सेयरबाट हेर्न सकिने बिक्री प्रबन्धकले जनाएको छ ।