
२७ चैत्र, काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ ।
बैंकको चैत्र २६ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कोषका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद गरि कूल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
सोही प्रस्तावित लाभांश आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि वितरण गर्ने गरी कम्पनीले लाभांश प्रस्ताव गरेको हो ।
संस्थाले प्रकाशन गरेको सुचना यस्तो छ :