२७ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले गृहमन्त्री तथा राष्ट्रिसभा सदस्य राम बहादुर थापा ‘बादल’ को पनि सांसद पद खारेजीको माग गर्दै राष्ट्रिसभाको संसद सचिवालयलाई पत्र पठाएको छ ।
नेकपा माओवादी केन्द्र परित्याग गरेर एमालेमा प्रवेश गरेका नेता वादललाई संसदीय दलका नेता समेत रहेका अध्यक्ष प्रचण्डले पद खारेजीको माग गर्दै शुृक्रबार संसद सचिवालयमा पत्र पठाएको राष्ट्रियसभा सदस्य तथा नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले संसारन्युजलाई जानकारी दिएका छन ।
बादलको सांसद पद खारेजीका लागि दाहालले पठाएको पत्र संसद सचिवालयमा दर्ता भएको बताउँदै सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले अहिले राष्ट्रिय सभाको बैठक नबसेको हुनाले बैठक बसेपछि मात्रै थापाको पद खारेज गरिएको सूचना सचिवालयले प्रकाशित गर्ने पनि थापाले बताए ।
माओवादी केन्द्रबाट यसअघि पार्टीका तर्फबाट मन्त्री बनेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको पनि सांसद पद खारेज भइसकेको छ ।
वि.सं.२०७७ चैत २७ शुक्रवार १५:०३ मा प्रकाशित






























