back
CTIZAN AD

केही दिनभित्रै नयाँ सरकार गठन हुन्छ–अध्यक्ष प्रचण्ड

वि.सं.२०७७ चैत २८ शनिवार

765 

shares

२९ चैत, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनभित्रै नयाँ सरकार गठन हुने बताएका छन् ।

शुक्रबार आयोजित कर्णाली प्रदेश सम्पर्क समितिको भेला तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसले नयाँ सरकारका लागि पहल गरेको र जनता समाजवादी पार्टी पनि सकारात्मक भएका कारण छिट्टै नयाँ सरकार गठन हुने बताएका छन् ।

उनले शुक्रबार नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनतासमाजवादी पार्टीवीच शुक्रबार भएको बैठक र छलफल सकारात्मक भएको बताए ।

‘पहिलोचोटी नेपाली कांग्रेस खुलेर केपीले बर्वादै पार्ने भयो, प्रतिगमनै गर्ने सत्ता कब्जा गरेर हामी सबैलाई सिध्याउने भयो भनेर नेपाली कांग्रेस आउनु ठूलो कुरा हो ।’ उनले भने ।

अध्यक्ष प्रचण्डले जसपा समक्ष नयाँ सरकार गठनका लागि नेपाली कांग्रेसले औपचारिक प्रस्ताव राखेपछि पार्टीभित्र सल्लाह गरेर टुंग्याउँछौं भन्दै जसपा पनि सकारात्मक रहेकोले केहीदिनभित्रै नयाँ सरकार बन्ने र बन्नैपर्छ भने ।

उनले नेकपा एमालेभित्रको नेपाल पक्षसँग मोर्चा बनाउन लागि परेको बताउँदै जसपासँग पनि मोर्चा बनउने सकिने बताए । ‘जसपा, एमालेको अर्को पक्षसँग मोर्चा र नेपाली कांग्रेससँग सरकारमा सँगै र चुनावी तालमेल भयो भने त्यो पनि ठूलो कुरा हुन्छ,’ उनले भने, मोहन बैद्य र मोहन विक्रमसँग पनि अहिले भर्खर एकता हुन्छ भनेर धेरै आस गर्नु हुँदैन, तर मोर्चा भने बन्छ ।’

अध्यक्ष प्रचण्डले आउने चुनावमा मोर्चा राम्रो बनाएर इमान्दार हुँदै मेहनत गर्न सकेमा चौथो नम्बरमा पुग्ने पालो केपी ओलीको बताए ।

वि.सं.२०७७ चैत २८ शनिवार १४:४४ मा प्रकाशित

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...