back
CTIZAN AD

राष्ट्रिय वाणिज्य बैंकद्धारा ट्राफिक प्रहरीलाई ट्राफिक लाईट हस्तान्तरण

वि.सं.२०७७ चैत २९ आइतवार

657 

shares

२९ चैत्र, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ट्राफिक लाईट(बत्ती) हस्तान्तरण गरेको छ ।बैंकले निर्माण गरेको सो ट्राफिक लाईट सुन्धरा, नाग स्थानमा शुक्रबारबाट एक कार्यक्रमका बीच संचालनमा ल्याइएको छ ।

नयाँ जडान गरिएको ट्राफिक लाईट काठमाडौं महानगरपालिका वडा न.२१ का वडा अध्यक्ष चिनकाजी महर्जन र बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले स्वीच अन गरेर संयुक्त रूपमा उद्घाटन गरी ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईलाई हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा कामनपा वडा न.२१ वडा अध्यक्ष चिनकाजी महर्जनले उपत्यकामा बढ्दै गईरहेको ट्राफिक जामलाई व्यवस्थापन गर्न वडा कार्यालयले पनि सहयोग गर्ने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै बिभिन्न क्षेत्रमा सहयोगी कार्यहरु गरिरहेको र आगामि दिनमा पनि निरन्तर सहयोग गर्ने बताए ।

प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले प्रबिधिमार्फत ट्राफिक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताहरुको आवागमनमा सहजता आउनुको साथै सडक अनुशासन कायम भई दुर्घटना न्युनिकरणमा समेत सघाउ पुग्ने बताए ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारीले स्वागत मन्तब्य व्यक्त गरेका सो कार्यक्रमको संचालन विभागीय प्रमुख सरोज बस्नेतले गर्नुभएको थियो । कार्यक्रममा प्रहरी अधिकारीहरु, कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल टेलिभिजन बीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल टेलिभिजन बीच २०७८ सालको लागि TVC प्रसारण गर्ने सम्बन्धमा शुक्रबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्टले हस्ताक्षर गरेका छन् ।

सम्झौता पछि राष्ट्रिय वाणिज्य बैंकले उपलब्ध गराएको TVC नेपाल टेलिभिजनबाट दैनिक १४ पटक लामो समाचार अगाडि प्रसारण गर्नेछ । बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता पश्चात बैंकको व्यवसाय बृद्धि तथा सरकारको नीति तथा कार्यक्रमको कार्यन्वयनमा थप सघाउ पुग्ने विश्वास व्यक्त गरे्े । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्टले दुबै संस्थाको विश्वास र इमेज बढेर जाने बताए ।

उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी, उपकार्यकरी अधिकृतद्धय सरस्वती अधिकारी र देवेशप्रसाद लोहनी, विभागीय प्रमुख सरोज वस्नेत, नेपाल टेलिभिजनका व्यापार महाशाखा प्रमुख राजकुमार थापा लगायत दुबै संस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

वि.सं.२०७७ चैत २९ आइतवार १०:५२ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले चीन भ्रमण गर्ने नेपाली ग्राहकहरूलाई...

१८औं संस्करणको ‘नाडा अटो शो २०२६’ भदौमा हुने, स्टल बुकिङ खुल्ला

१८औं संस्करणको ‘नाडा अटो शो २०२६’ भदौमा हुने, स्टल बुकिङ खुल्ला

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को आयोजनामा...

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमाा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...