आमाबाबुको धेरै समय पाएका र बिताएका नानी-बाबु सिकाइ र जीवनमा बढि सफल देखिन्छन्।
सबै नानी-बाबु एउटै तरिकाले अभिप्रेरित हुन्छन् भन्ने हुँदैन। कसैलाई चुनौतिपूर्ण कृयाकलापले अभिप्रेरित गर्छ भने कसैलाई सजिलो कृयाकलापले। कसैलाई प्रतिस्पर्धाले अभिप्रेरित गर्छ भने कसैलाई सहकार्यले। कसैलाई पुरस्कारले अभिप्रेरित गर्छ भने कसैलाई कृयाकलापपछिको परिणामले।
नानी-बाबुलाई चाहिने भन्दा धेरै नियन्त्रणमा राखेर नहुर्काऔँ। यसो गरियो भने उनीहरू :
क) पूर्णतावादी प्रवृत्ति भएका हुन्छन्।
ख) अरूलाई पनि नियन्त्रणमा राखेर व्यवहार गर्ने बन्छन्।
ग) गल्ती देखि डराउँछन्।
घ) परनिर्भर बन्न सक्छन्।
ङ) निष्क्रिय र टालटुले प्रवृत्ति भएका बन्न सक्छन्।
यस्ता व्यवहारले नानी-बाबुलाई जिम्मेवार बनाउँदैन:
क) जतिबेला जे मागे पनि दियौ भने।
ख) मैले त गर्न पाइन, उसलाई किन नदिने ? भन्ने सोच राख्यौँ भने।
ग) अरू भन्दा फरक र असफल हुन्छन् कि ! भन्ने डर पाल्यौँ भने। नानीबाबुलाई जिम्मेवार बनाउन जिम्मेवारी हामीबाट उनीहरूमा सार्नुपर्छ।
नानी-बाबुले काम बिगार्दा :
क) नकारात्मक प्रतिकृया नजनाऔँ।
ख) आत्मविश्वासका साथ जबाफ दिऔँ।
ग) लज्जाको बिषय नबनाऔँ।काम बिग्रनुको कारण बुझौँ।
घ) उनीहरूलाई दोष नदिई ‘सिक्दा यस्तै हुन्छ’ भनौँ।
ङ) केही नभनि चुपचाप नबसौँ। वेवास्ता पनि नगरौँ।
च) ‘म पनि तिमी सँगै छुू’ भन्ने सन्देश दिऔँ।
नानी-बाबुलाई आत्मविश्वासी बनाउन :
क) उनीहरूसँग समय विताऔँ।
ख) विकल्प दिएर काम लगाऔँ।
ग) उनीहरूले चुनौती सामना गर्दा झम्टेर उद्धार गर्न नजाऔँ।
घ) उनीहरूको आवाज सुनौँ। केही गर्न खोज्दा, खान खोज्दा,कँहि जान खोज्दा’हुन्छ’भनौँ। गर्न, खान र जान दिऔँ। यस्तो व्यवहारले आत्मविश्वासी बनाउँछ।
घरको वातावरण खुशी बनाउँन:
क) घरमा बोल्दा शब्दको चयनमा विचार गरौँ। घरलाई स्वर्ग बनाउने र कलह ल्याउने दुबै काम हामीले बोलेको शब्दले निर्धारण गर्छ।
ख) घरको काम र सम्बन्धमा ‘शङ्का’लाई प्रवेश नदिऔँ। शङ्काले घरको बातावरण खुशी बनाउँदैन। घरमा शङ्का लिएर बसियो भने यसले कलहको विउ रोप्छ।
आमाबाबुले नानी-बाबुलाई हरेक दिन पढेर सुनाउँदा :
क) नयाँ नयाँ शब्द सिक्ने मौका पाउँछन्।यसले शब्द भण्डार बिकास गर्छ।
ख) सोच्ने मौका पाउँछन्। यसले रचनात्मक सोचको बिकास गर्छ।
ग) घरमा पठन संस्कृतिको बिकास हुन्छ।
घ) उनीहरूसँग जोडिने मौका पाईन्छ। त्यसैले उनीहरूलाई नियमित पढेर सुनाऔँ।
नानी-बाबु हुर्काउँदा कहिलेकाँहि रिसाउँछन्। यसलाई स्वभाविक रूपमा स्विकार गरौँ। उनीहरू रिसाउँदा ‘रिसाउनु’ स्वभाविक हो भन्ने सन्देश दिऔँ र रिसाउँदा तलको नियम अनुसरण गराऔँ।
क) अरूलाई चोट नपुर्यािउ।
ख) आफुलाई चोट नपुर्याउ।
ग) कुनै पनि भौतिक चिजलाई चोट नपुर्यापउ।
घ) आफ्नो अनुभव बताउ।
नानी-बाबुलाई सिकाउनु पर्ने सामाजिक सीप:
क) आवश्यक पर्दा सहयोग माग्ने।
ख) आलोचना स्विकार गर्न सक्ने।
ग) उचित तरिकाले असहमति प्रकट गर्ने।
घ) कसैले हुन्न भन्यो भने पनि स्विकार गर्न सक्ने।
ङ) आवश्यक पर्दा ‘क्षमा’ माग्न सक्ने।
च) सबै प्रकारको ‘संवेग’ नियन्त्रण गर्न सक्ने।
हजुरहरुलाई कस्तो लाग्छ ?
क) सिकाइमा संघर्ष गरिरहेका नानी-बाबुको संघर्ष गर्नुपर्ने कारण खोज्दै जाने हो भने अभिभावक नै त्यसको मुल कारण हुन्छन्।
ख) आमाबाबुको धेरै समय पाएका र बिताएका नानी-बाबु सिकाइ र जीवनमा बढि सफल देखिन्छन्।
ग) छुट्टीमा घुम्न पाएका नानी-बाबु बढि चतुर हुन्छन्।
नानी-बाबुको स्क्रिन समय घटाऊन:
क) स्क्रिनलाई उनीहरूको पहुँचभन्दा बाहिर राखौँ।
ख) घर-बाहिरको खेललाई प्रोत्साहन गरौँ।
ग) उमेर सुहाउँदा खेल सामाग्री सहज पहुँचमा राखौँ।
घ) स्क्रिन समय अब पुग्यो भन्ने लागेपछि अर्को काम सँगै गरौँ।
ङ) स्क्रिनमा हेर्ने भन्दा सुन्ने कुरामा जोड दिऔँ।क्रमशः
आफ्ना बालबालिका कस्तो वातावरणमा हुर्काउने, कस्तो व्यवहार गर्ने ? जस्ता अभिभावकहरुका लागि शिक्षाविद् मेदिन लामिछानेको उपयोगी टिप्स नियमित दिनेछौँ । -सम्पादक
वि.सं.२०७७ चैत २९ आइतवार १०:५४ मा प्रकाशित






























