२९ चैत, काठमाडौं । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गरेको पदकमा नयाँ नक्सा छुटेको विरोधमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । नेकपा एमाले माधव नेपाल पक्षधरका विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।
अनेरास्ववियूका विद्यार्थीहरुले काठमाडौंको माइतीघर स्थीत नेपालको नया नक्सा सहित प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रीएका विद्यार्थीहरुले झुटो नक्सा चाहिन्न, चुच्चे नक्सा फेर्न पाइन्न, चुच्चे नक्शा खै लगाएतका विभिन्न प्ले कार्डका साथ नाराबाजि लगाउदै विरोध गरेका थिए ।
सरकारी पक्षले यस विषयमा स्पष्टीकरण दिदै २०७६ सालमा घोषणा गरिएको विभूषण तथा पदक भएकाले उक्त पदकमा पुरानो नक्सा समाबेस भएको बताएकाे छ । राष्ट्रपति भण्डारीले शुक्रबार २०७६ सालमा घोषणा भएको पदक प्रदान गरेकी थिइन् ।
वि.सं.२०७७ चैत २९ आइतवार १५:३३ मा प्रकाशित






























