back
CTIZAN AD

सुदूरपश्चिम :ओली पक्षका दुई नेता कारबाहीमा

वि.सं.२०७७ चैत २९ आइतवार

825 

shares

२९ चैत, काठमाडौं । नेकपा एमाले माधव नेपाल समूहले ओली समूहका सुदुरपश्चिम अध्यक्ष कर्णबहादुर थापा र कञ्चनपुर जिल्ला कमिटी सदस्य राजेन्द्र सिंह रावललाई कारबाहीको घोषणा गरेको छ । चैत्र २३ र २४ गते बसेको सुदूरपश्चिम प्रदेश कमिटीको आठौं विस्तारित बैठकबाट उनीहरुलाई कारबाही गर्ने निर्णय गरिएको आइतबारको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कारवाहीमा परेका थापालाई विभाजन कार्यमा संलग्न भएको र कञ्चनपुर जिल्ला कमिटी सदस्य रहेका रावलले पार्टीको विधान विपरीत आफू सुदूरपश्चिम प्रदेश कमिटीको सचिव दावी गरेकाले कारवाही गरिएको हो ।

सोहि कार्यक्रममा बोल्दै नेता रावलले प्रधानमन्त्री केपी शर्मा ओली अवैध व्यक्ति भएकाले उनले गरेको कारवाही वैध नहुने बताएका छन् । रावलले ओलीले पदको दुरुप्रयोग गरि आफ्नो गुटमा नआए पद खोस्ने धम्कि दिने गरेको पनि बताए ।

रावलका अनुसार ओलीले आफ्नो गुटमा तान्न जनप्रतिनिधिलाई धम्क्याउने गरेको र नआए पद खोस्ने भन्दै धम्कि दिनेगरेको पनि बताए । ‘प्रधानमन्त्रीले वडा, पालिका र विभिन्न पदमा निर्वाचित जनप्रतिनिधिहरूलाई आफ्नो गुटमा तान्ने प्रयास गर्दैछन्। प्रधानमन्त्रीले धम्क्याउने र तर्साउने क्रियाकलाप गर्नु निन्दनीय छ,’ उनले भने।

वि.सं.२०७७ चैत २९ आइतवार १७:०४ मा प्रकाशित

जनप्रतिनिधिसँग बालबालिकाका माग

जनप्रतिनिधिसँग बालबालिकाका माग

टीकापुर (कैलाली) । स्थानीय पालिकाका जनप्रतिनिधिसँग सबै बालबालिकाको गुणस्तरीय शिक्षामा...

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

कैलाली । गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक...

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

काँक्रेविहार (सुर्खेत) । पश्चिम जाजरकोटमा करोडौँ रुपैँया लगातका पक्की पुलहरूको...

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

कञ्चनपुर । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...