back
CTIZAN AD

पछिल्लो २४ घण्टामा देशैभरी थपिए ३०३ जना कोरोना संक्रमित, १ जनाको निधन

वि.सं.२०७७ चैत २९ आइतवार

699 

shares

२९ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ३ हजार १२५ नमुना परीक्षणमा ३०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज भक्तपुरमा ११, ललितपुरमा १५ र काठमाडौंमा १२८ गरी उपत्यकामा मात्रै १५४ जना संक्रमित थपिएका छन् ।

आज थपिएका ३०३ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ८० हजार २८ पुगेको छ ।

त्यसैगरी आज देशैभरी १४१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १४१ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूलसंख्या २ लाख ७४ हजार २७ पुगेको छ । निको हुनेको यो दर ९७.९ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको निधन भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज थपिएका १ जनासँगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ४० रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै देशभरीका आइसीयुमा ८९ जना रहेका छन् भने १५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै देशैभरी सक्रिय संक्रमितको संख्या २ हजार ९६१ रहेको छ । ती मध्ये संस्थागत आइसोलेशनमा ३९४ जना र होम आइसोलेशनमा २ हजार ५६७ जना रहेका छन् । साथै ८३ जना क्वारेन्टिनमा रहेका छन् ।

त्यसैगरी हालसम्म पिसीआर प्रविधिबाट २३ लाख १२ हजार ९०१ कोरोनाका नमुना परीक्षण गरिएको छ ।

३५३२ नमुना परीक्षणमा थपिए ३३७ कोरोना संक्रमित, १ जनाको निधन

 

वि.सं.२०७७ चैत २९ आइतवार १७:०४ मा प्रकाशित

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...