
३० चैत, काठमाडौँ । २०२१ को आईपिएलमा कोलकत्ता नाईट राइडर्सले विजयी सुरुवात गरेको छ । कोलकत्ताले आफ्नो पहिलो खेलमा सनराइजर्स हैदरावादलाई १० रनले पराजित गरेको हो ।
टस हारेर पहिले ब्याटिङ्ग गरेको कोलकत्ता नाइट राइडर्सले २० ओभरमा ६ विकेट गुमाएर १८७ रन बनाएको थियो । कोलकत्ताका लागि नितिश राणाले सर्वाधिक ८० रन बनाएका थिए । त्यसैगरी राहुल त्रिपाठीले २९ बलमा ५३ रन र दिनेश कार्तिकले ९ बलमा २२ रनको विस्फोटक पारी खेलेका थिए । हैदरावादका लागि बलिङ्ग तर्फ मोहम्मद नवी र रासिद खानले समान २/२ विकेट हात पारेका थिए ।
कोलकत्ताले दिएको १८८ रनको विशाल लक्ष्य हैदरावादले पुरै २० ओभर खेल्दा पनि पुरा गर्न सकेन । हैदरावादको टिमले २० ओभरमा ५ विकेट गुमाएर १७७ रन मात्र बनाउन सक्यो । हैदरावादका लागि मनीष पाण्डेले ६१ र जोनी बेयरस्टोले ५५ रनको विस्फोटक पारी खेलेता पनि टिमलाई जित भने दिलाउन सकेनन् ।