back
CTIZAN AD

चितवन ट्याक्टर दुर्घटनामा परि मृत्यु भएका चार जनाको सनाखत

वि.सं.२०७७ चैत ३० सोमवार

693 

shares

३० चैत, काठमाडौं । पूर्वी चितवनको राप्ती नगरपालिका–११ मा मजदूर बोकेको ट्र्याक्टर दुर्घटना हुँदा मृत्यु भएका पाँचमध्ये चारजनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सनाखत हुनेमा राप्ती नगरपालिका–५ का ३५ वर्षीय खडक लामा, खैरहनी नगरपालिका–९ का ४० वर्षीय मगन महतो, ५० वर्षीया छनिया महतो र राप्ती नगरपालिका–४ का ४५ वर्षीय सीताराम श्रेष्ठ रहेका छन् । एक जना अन्दाजी २५ वर्षीय पुरुषको नाम थर ठेगाना खुल्न सकेको छैन ।

थाकलटारबाट चिउँडेखोलातर्फ आउँदै गरेको ना१त ६२८२ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई आमपानीस्थित चिउँडेखोलामा दुर्घटना भएको थियो । ट्र्याक्टर सडकबाट करिब २०० मिटर तल खस्दा सवार १९ जना घाइते भएका छन् ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको छ भने ११ जनाको अवस्था मध्यम रहेको छ । एक जनाको अवस्था सामान्य रहेको छ । घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटना आइतबार साँझ ७ः३० बजे भएको हो ।

वि.सं.२०७७ चैत ३० सोमवार ०९:४९ मा प्रकाशित

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता...

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

काठमाडौँ । यसवर्ष नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले सार्वजनिक गरेको...

रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु

रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु

घोराही (दाङ) । रोल्पामा आज बिहान भएको जीप दुर्घटनामा परी...

हात्तीको दाह्रासहित काठमाडौंबाट पाँच जना पक्राउ

हात्तीको दाह्रासहित काठमाडौंबाट पाँच जना पक्राउ

काठमाडौँ । काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वन्यजन्तुको अखेटोपहार...