३० चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा सांसद शक्ति बस्नेतले जनमतबाट बनेको संसदको रखवारी गर्नका लागि सरकारलाई दिएको समर्थन फिर्ता नलिएको बताएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद बस्नेतले सबै सरकारका खालका असंबैधानिक र अलोकतान्त्रिक गतिबिधिहरुको आफूहरु साक्षी बसिरहेको र ल्याप्चे लगाउँदै बसेको भन्ने भ्रममा नपर्न समेत आग्रह गरेका थिए ।
‘हाम्रो दलको प्राथमिकता लोकतन्त्रको रक्षा, संविधानको रक्षा र संविधानको अग्रगामी मूल्यहरुको रक्षा हो,’ सांसद बस्नेतले भने । ‘
सांसद बस्नेतले सरकारले छिटो माओवादी केन्द्रले सरकारबाट छिटो समर्थन फिर्ता लिइदिए हुने भन्ने आशय रहेकोमा भ्रममा नपर्न केन्द्रले सकरारलाई दिएको समर्थन कायम राख्नुको अर्थ सरकारका अलोकतान्त्रिक र असंबैधानिक गतिबिधिहरुलाई समर्थन गर्नका लागि नभएको बताए ।
‘सहयोग गर्नका लागि पनि होइन, यो कुरा पनि स्पष्ट रहोस् । यो संसद जनमतबाट बनेको हो । यो संसदको रक्षा जनबलबाट पनि भएको छ । जनमत र जनादेशबाट बनेको संसद असंबैधानिक तवरले संबैधानिक तवरले समाप्त पार्ने जुन दुश्प्रयास भएका थिए । जनबलले त्यसको रक्षा गर्न योगदान गरेको छ ।’ सांसद बस्नेतले भने ।
वि.सं.२०७७ चैत ३० सोमवार १५:५८ मा प्रकाशित






























