back
CTIZAN AD

सरकारले विकास खर्च गर्न सकेन

वि.सं.२०७८ वैशाख १ बुधवार

738 

shares

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिना अवधिमा सरकारले २९.२२ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको छ । चालु आ.व.को ९ महिना अर्थात चैत ३० गतेसम्म पुँजीगत खर्च १ खर्ब ३ अर्ब १२ करोड ९४ लाख मात्र भएको हो ।

चालू आवका लागि सरकारले कुल ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख पुँजीगत खर्च विनियोजन गरेको थियो । चालु आर्थिक वर्षको विकास लक्ष्य प्राप्तीका लागि सरकारले असार मसान्तसम्म अझै २ खर्ब ४९ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।

कोरोना महामारी प्रभाव र पछिल्लो समय उत्पन्न राजनीतिक अस्थिरताका कारण आर्थिक गतिविधिमा संकुचन आएसँगै चालू आवको बितेका ९ महिना पुँजीगत खर्च अत्यन्त न्यून देखिएको हो । कोरोना प्रभावका कारण विगत वर्षजस्तो विकास निर्माणका कामले गति लिन नसक्दा पुँजीगत खर्च कम भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

पुँजीगत खर्च वितरणको तालुकदार निकाय अर्थ मन्त्रालयले चालू आवमा कोरोना प्रभावले अपेक्षाकृत पुँजीगत खर्च हुन नसकेको स्वीकारेको छ । अन्य वर्षमा समेत खासै प्रभावकारी ढंगबाट हुन नसकेको पुँजीगत खर्च यसवर्ष अझ कोरोना प्रभावका कारण थप घट्न गएको अर्थ मन्त्रालयको भनाइ छ ।

कोरोना महामारीका कारण राष्ट्रिय गौरवका र ठूलासाना आयोजना निर्माणमा समस्या आएको छ । आयोजनास्थलमा पुग्नुपर्ने कामदार(श्रमिक लामो समय फर्किन पाएनन् ।

भनेकै बेला निर्माण सामान नपाइनु, दक्ष प्राविधिक ल्याउन ढिलाइलगायत कारण राष्ट्रिय गौरवका आयोजना अपेक्षाकृत हुन सकेको छैन । विविध समस्याकै कारण अपेक्षाकृत पुँजीगत खर्च हुन नसकेको महालेखा नियन्त्रक कार्यालयको ठहर छ ।
कार्यालयका अनुसार विशेषतः आर्थिक रूपान्तरणको मूल आधार मानिने पुँजीगत खर्च नै हो । अपेक्षाकृत पुँजीगत खर्च हुन नसक्दा विकास निर्माणमा देशले चाहेजस्तो गति लिन सकेको छैन । कोरोना प्रभावकै कारण गत आर्थिक वर्षमा कुल १ खर्ब ९१ अर्ब ७७ करोड रुपैयाँ पुँजीगत खर्च भएको थियो ।

सरकारले चालू आर्थिक वर्ष सो अवधिमा ६ खर्ब ८६ अर्ब ६६ करोड ४७ लाख खर्च गरेको छ । यो रकम चालू आवका लागि कुल विनियोजित बजेटको जम्मा ४६।५६ प्रतिशत मात्र खर्च हो ।
सरकारले चालू आवका लागि कुल १४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाख बजेट विनियोजन गरेको थियो । अहिले सरकारले सो बजेटको आकार संशोधन गरी १३ खर्बमा झारेको छ । खर्चमध्ये अहिलेसम्म चालू खर्चतर्फ ५ खर्ब २५ अर्ब ९४ करोड ६८ लाख खर्च भएको छ ।

यसैगरी, वित्तीय व्यवस्थातर्फ ५७ अर्ब ५८ करोड ८५ लाख खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकमा उल्लेख छ । हरेक वर्ष आव अन्त्यमा आएर ७०(८० प्रतिशतका दरले हुँदै आएको कुल बजेट खर्चको पनि औचित्य तथा त्यसबाट देशले प्राप्त गर्ने लाभबारे हिसाब हुन सकेको छैन । वर्ष अन्तिममा आएर हतारमा गरिएको खर्चको प्रभावकारिता विषयमा पनि मूल्यांकन गर्न ढिला भइसकेको सरोकारवालाको तर्क छ ।

बजेट तर्जुमा गर्दा हरेक अर्थमन्त्रीले विकास जिम्मेवारी लिएका मन्त्रालयबाट बजेटका लागि प्रस्तावित भई आएका कार्यक्रम र आयोजनाका अतिरिक्त नागरिकलाई आकर्षित गर्ने उद्देश्यले आफू र आफ्नो दलका नेता र विज्ञले सुझाएका नयाँ कार्यक्रम र आयोजना बजेट तर्जुमा अन्तिम चरणमा समावेश गरी घोषणा गर्ने प्रवृत्तिले समस्या निम्तिएको अर्थविद्ले बताउँदै आएका छन् । उनीहरूले यस्तो समस्यामा जतिसक्दो छिटो सुधार आउनुपर्नेमा जोड दिएका छन् । आजको राजधानी दैनिकमा उल्लेख गरिएको छ ।

वि.सं.२०७८ वैशाख १ बुधवार ०६:४० मा प्रकाशित

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...