
१ वैशाख, काठमाडौँ । पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजमले भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीलाई अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को वरियतामा पछि पार्दै शिर्ष स्थानमा उक्लेका छन । विराट कोहली लगभग ४ वर्षदेखि एकदिवसीय वरियताको शिर्ष स्थानमा रहेका थिए ।
पहिलो स्थानमा उक्लिएका बाबर आजमको ८६५ रेटिङ अकं रहेको छ भने दोस्रो स्थानमा झरेका विराट कोहलीको ८५७ रेटिङ अकं रहेको छ । एकदिवसीय वरियताको तेस्रो स्थामा भारतकै रोहित शर्मा रहेका छन ।
त्यसैगरी चौथो स्थानमा रस टेल, पाँचौ स्थानमा एरण फिंच, छैठौँ स्थानमा जोनी वेयरस्टो रहेका छन । पाकिस्तानकै अर्का खेलाडी फखर जमानले पनि फाफ डुप्लेसिस, डेविड वार्नर र शाई होपलाई पछि पार्दै सातौ स्थानमा उक्लिएका छन ।