back
CTIZAN AD

कोरोना विरुद्धको खोप लिएको ९ दिनपछि संक्रमित भए उत्तर प्रदेशका मुख्यमन्त्री

वि.सं.२०७८ वैशाख १ बुधवार

654 

shares

१ बैशाख, काठमाडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री कोरोना विरुद्धको खोप लगाएको ९ दिनमा कोरोना संक्रमित भएका छन् ।

उनले आफुमा कोरोना संक्रमण भएको सोसियल मिडियामार्फत् जानकारी दिएका छन् ।

मुख्यमन्त्री योगीले आफुमा कोरोना संक्रमण भएको बताउँदै यतिबेला सेल्फ आइसोलेशनमा बसेर चिकित्शकको परामर्श लिएको बताउँदै आफ्ना सबै कामहरु भर्चुअल माध्यमबाट गरेको समेत बताएका छन् ।

अफिसमा केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आइसोलेटेड भएर बसेका मुख्यमन्त्री योगीले परीक्षण गराउँदा कोरोना संक्रमण देखिएको थियो । उनले ९ दिनअघिमात्र कोरोनाको पहिलो चरणको खोप लगाइएको बताइएको छ ।

उत्तर प्रदेशमा हालसम्म ७ लाख २३ हजार कोरोना संक्रमित भएका छन् । ती मध्ये ६ लाख १८ हजार निको भइसकेका छन् ।
उत्तर प्रदेशमा मंगलबारमात्रै १७ हजार ९६३ जनामा कोरोना संक्रमण देखिएको थियो ।

साथै ८५ जनाको निधन भएको थियो । त्यहाँ हालसम्म ९ हजार ३०९ जना संक्रमितको निधन भइसकेको छ । उत्तर प्रदेशमा हाल ९५ हजार ९८० जना सक्रिय संक्रमितको अस्पतालमा उपचार भइरहेको छ ।

वि.सं.२०७८ वैशाख १ बुधवार १४:५९ मा प्रकाशित

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्ला । गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...