back
CTIZAN AD

नुवाकोटको चौकीमा तोडफोड, दुई प्रहरी घाइते

वि.सं.२०७८ वैशाख १ बुधवार

603 

shares

१ बैशाख, त्रिशूली । नुवाकोटको देवीघाटस्थित प्रहरी चौकीमा एक समूहले तोडफोड गर्दै दुई प्रहरीलाई घाइते बनाएका छन् । मङ्गलबार राति यहाँको लिखु गाउँपालिका–५ स्थित मध्यपहाडी सडकखण्डमा दुई पैदलयात्रीलाई ठक्कर दिएर भागेको भन्दै स्थानीयवासीले ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर राखेको देवीघाट चौकीमा तोडफोड गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार प्रहरी चौकी देवीघाटले नियन्त्रणमा लिएको लु२ख १९२३ नं.को ट्रक र त्यसको चालक नरबहादुर थामामगरलाई कुटपिट गर्न खोजेपछि उनीहरुलाई बचाउने क्रममा प्रहरीमाथि आक्रमण गर्दै चौकी तोडफोड गरिएको हो ।

लिखु गाउँपालिका–५ बाट गएका करीब २५ जनाको समूहमा रहेका व्यक्तिले चौकीमा ढुङ्गा प्रहार गर्दा दुई प्रहरीको टाउकामा गम्भीर चोट लागेको छ भने चौकीको ढोका, ऐनालगायतका सामग्रीमा क्षति पुगेको छ । घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले आज बिहानसम्म ११ जनालाई पक्राउ गरेर कारबाहीका लागि अनुसन्धान अघि बढाएको जनाएको छ । ट्रकले ठक्कर दिएका ती दुई यात्री सामान्य घाइते रहेका छन् भने ट्रकका चालक उदयपुरका नरबहादुर रानामगर जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा छन् ।
रासस

वि.सं.२०७८ वैशाख १ बुधवार १४:४३ मा प्रकाशित

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्ला । गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले...

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

काठमाडौं । जेटियुसिसीले ट्रेड युनियन अधिकारको विषयमा आवाज उठाउन भोलि...

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

काठमाडौँ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका...

संविधानको मूल संरचना अक्षुण्ण राखेर मात्र संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीशको सुझाव

संविधानको मूल संरचना अक्षुण्ण राखेर मात्र संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीशको सुझाव

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन...

दराज नेपालद्वारा ६.६ मिड इयर शपिङ फेस्टको घोषणा,७५ प्रतिशतसम्म छुट र बम्पर उपहार जित्ने अवसर

दराज नेपालद्वारा ६.६ मिड इयर शपिङ फेस्टको घोषणा,७५ प्रतिशतसम्म छुट र बम्पर उपहार जित्ने अवसर

काठमाडौँ । नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो...

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

कैलाली । धनगढी उपमहानगरपालिका–१५ कनरीस्थित दुग्ध विकास संस्थानअन्तर्गतको धनगढी दुग्ध...