१ बैशाख, काठमाडौं । खोलामा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको छ ।
गुल्मी, मदाने गाउँपालिका–३ सिर्सेनेस्थित पनाहा खोलामा नुहाउने क्रममा डुबेर २ मदाने गाउँपालिका–१ अग्लुङ बस्ने सन्जिब बिकको छोरा ५ वर्षीय सुमन बिक र प्युठान गौमुखी गाउँपालिका–५ बस्ने आमा बिष्णु बिकको छोरा ८ वर्षीय गोबिन्द बिकको डुबेर मृत्यु भएको हो ।
खोलामा डुबेर अशक्त भएका उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र पुर्कोटदहमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै सुनसरी, ईटहरी उपमहानगरपालिका–१४ नर्भासास्थित नहरमा पौडी खेल्ने क्रममा डुबेर सोही उपमहानगरपालिका–७ बस्ने १७ वर्षीय सायल चौधरी र १४ वर्षीय आयुष भुर्तेलको मंगलबार साँझ मृत्यु भएको छ ।
डुबेर अशक्त भएका उनीहरुको धरान घोपा अस्पतामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेका बताइएको छ ।
वि.सं.२०७८ वैशाख १ बुधवार १४:३४ मा प्रकाशित