back
CTIZAN AD

तनहुँको पर्यटकीय तथा धार्मिकस्थलमा पर्यटकको आकर्षण बढ्दो

वि.सं.२०७८ वैशाख २ बिहीवार

687 

shares

२ बैशाख, तनहुँ । तनहुँका पर्यटकीय तथा धार्मिकस्थलमा पर्यटकको आकर्षण बढेको छ । नयाँ वर्षको अवसरमा जिल्लाका ब्यास, शुक्लागण्डकी, बन्दीपुरलगायतका पर्यटकीय तथा धार्मिकस्थलमा सर्वसाधारणको आकर्षण बढेको हो ।

नयाँ वर्षमा बन्दीपुरमा मात्रै दश हजार पर्यटकको आगमन भएको अनुमान छ । बन्दीपुर पर्यटन विकास समितिका सचिव वसन्त पौडेलले नयाँ वर्षमा बन्दीपुर भरिभराउ भएको जानकारी दिए । “नयाँ वर्ष लागेसँगै बन्दीपुर आन्तरिक पर्यटकले भरिभराउ छ,” उनले भने, “बन्दीपुरको टुडिँखेल, मुख्य बजारमा पर्यटक खचाखच छन् ।” नयाँ वर्षको अवसरमा बन्दीपुरमा प्रत्येक वर्ष कार्यक्रम हुने गरेको थियो । यस वर्ष भने मञ्च स्टेज कार्यक्रम गरिएको छैन । स्टेज कार्यक्रम नगरिए पनि प्रत्येक होटल व्यवसायीले आफ्नो होटल अगाडि साङ्गितिक कार्यक्रम गरेका छन् ।

हिमालय दरबार होटलका सञ्चालक वैश गुरुङले बास बस्ने पर्यटकको सङ्ख्या न्यून रहेपनि दिउँसोमा घुम्न आउने पर्यटक अत्यधिक रहेको जानकारी दिए । “बन्दीपुरमा बास बस्ने पर्यटक यतिबेला कम मात्रामा छन्, घुम्न आउने पर्यटकको सङ्ख्या उत्साहजनक छ,” उनले भने, “नेपालीमा घुम्ने संस्कृतिको विकास भएसँगै विभिन्न चाडपर्व, सार्वजनिक बिदालगायतका दिन बन्दीपुरमा पर्यटक आउने गरेका छन् ।”

बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे«, धौलागिरिलगायतका हिमशृङ्खला देखिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्ने गरेको छ ।

बन्दीपुर गाउँपालिकाले पर्यटक आकर्षित गर्न विभिन्न पूर्वाधार निर्माणलाई जोड दिइरहेको छ । चीनको ग्रेटवालको झल्को दिने गरी निर्माण भइरहेको मिनी ग्रेटवालले पनि पर्यटकको ध्यान खिच्ने गरेको छ । निर्माणाधीन अवस्थामा रहेको मिनी ग्रेटवाल अवलोकनका लागि पर्यटक पुग्ने गरेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए ।

यस्तै जिल्लाको ब्यास नगरपालिका–३ र ५ स्थित उद्यानमा पनि सर्वसाधारणको आकर्षण बढेको छ । उद्यानमा जाने र फोटो तथा टिकटक बनाउन युवायुवतीको अत्याधिक भीड बढेको हो । पछिल्लो समय उक्त दुई उद्यान पर्यटकको रोजाइँमा पर्ने गरेको छ ।

ब्यास–१४ स्थित प्रसिद्ध धार्मिकस्थल छाब्दीबाराही मन्दिरमा पनि आन्तरिक भक्तजनको भीड बढेको छ । त्यस्तै शुक्लागण्डकी नगरपालिका–९ स्थित ढोरबाराही मन्दिरमा पनि भक्तजनको भीड बढेको वडाध्यक्ष लोकनारायण श्रेष्ठले जानकारी दिए ।
रासस

वि.सं.२०७८ वैशाख २ बिहीवार १२:०७ मा प्रकाशित

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

बन्दीपुर (तनहुँ) । तनहुँको बन्दीपुर आउने पर्यटक नजिकैको अर्को पर्यटकीय...

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

गलकोट, बागलुङ । पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड गए रातिदेखि...

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

म्याग्दी । यस वर्ष म्याग्दीका छ वटा सामुदायिक वनमा ‘रिचार्ज’...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

ढोरपाटन (बागलुङ) । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै...

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

ढोरपाटन (बागलुङ) । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ...