back
CTIZAN AD

सोमबार राति भेष बदलेर हिँडेका विष्णु पौडेल कता गएका थिए ?

वि.सं.२०७८ वैशाख २ बिहीवार

867 

shares

२ बैशाख, काठमाडौं । नेपाल सरकारका वरिष्ठ मन्त्री राति–राति बेपत्ता हुने गरेको समाचार सार्वजनिक भएको छ ।

समाचारमा भनिएको छ ‘सरकारका एकजना वरिष्ठ मन्त्री राति–राति बेपत्ता हुनाले राष्ट्रिय राजनीतिमा भित्र भित्रै केही नयाँ कुरा पाक्न लागेको हो कि भन्ने छनक मिलेको छ ।’ को समाचार त्यत्तिकै र सामान्य रुपमा प्रकाशित भएको मान्न मिल्दैन । कहिलेकाँही असाध्यै समन्वयकारी चरित्र देखाउन सक्ने, कहिलेकाँही छुच्चो व्यहोरा पनि प्रदर्शन गरिदिने स्वभावका नेकपाका पूर्व महासचिव तथा नेकपा एमालेका उपमहासचिव विष्णु पौडेल जो प्रधानमन्त्री केपी ओली निकट मानिन्छन्, उनैको बारेमा राति राति वेपत्ता भएको समाचार बाहिर आएको हो ।

बुधबार प्रकाशित जनआस्था साप्ताहिकका अनुसार घटना अघिल्लो सोमबारको हो । सो दिन साँझ ८ बजे सरकारी निवास पुल्चोक भित्रिएका पौडेल २५ मिनेटपछि रातो रंगको र्याभफोर गाडीमा लामो र कालो ओभरकोट लगाएर बाहिर निस्के । सुरक्षाकर्मीलाई साथै नलिएको मात्र होइन आँखा छलेर बेपत्ता भएपछि वातावरणमा मौन हंगामा भएको थियो ।

प्रचण्डसँग पार्टी एकता गर्दा होस् वा माधव नेपालसँग प्रस्ताव पुर्याउँदा होस्, उनी यसअघि बारम्बार बेपत्ता हुने गर्दथे । उनको यस्तो गोप्य भेटघाट को सँग र किन थियो भन्ने कुरा समाचारमा नखुले पनि केही प्रभाव र परीणाम आउने हुन कि भन्ने अनुमान भने गरिएको छ ।

वि.सं.२०७८ वैशाख २ बिहीवार १२:१९ मा प्रकाशित

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्ला । गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले...

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

काठमाडौं । जेटियुसिसीले ट्रेड युनियन अधिकारको विषयमा आवाज उठाउन भोलि...

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

काठमाडौँ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका...

संविधानको मूल संरचना अक्षुण्ण राखेर मात्र संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीशको सुझाव

संविधानको मूल संरचना अक्षुण्ण राखेर मात्र संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीशको सुझाव

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन...

दराज नेपालद्वारा ६.६ मिड इयर शपिङ फेस्टको घोषणा,७५ प्रतिशतसम्म छुट र बम्पर उपहार जित्ने अवसर

दराज नेपालद्वारा ६.६ मिड इयर शपिङ फेस्टको घोषणा,७५ प्रतिशतसम्म छुट र बम्पर उपहार जित्ने अवसर

काठमाडौँ । नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो...

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

कैलाली । धनगढी उपमहानगरपालिका–१५ कनरीस्थित दुग्ध विकास संस्थानअन्तर्गतको धनगढी दुग्ध...