back

कोरोना संक्रमिण बढ्दै गएपछि दिल्ली सरकारद्धारा कफ्र्युको घोषणा

वि.सं.२०७८ वैशाख २ बिहीवार

324 

shares
GLOBAL IME AD
NTC AD

२ बैशाख, काठमाडौं । भारतमा एकैदिन झण्डै २ लाख कोरोना संक्रमित थपिन थालेपछि कोरोनाबाट बढी प्रभावित राज्यहरुले कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभिन्न उपाय अवलम्बन गरिरहेका छन् ।

यसैबीच दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि दिल्लीमा सप्तान्त कफ्र्यु लगाउने घोषणा गरेका छन् ।

उनले विहीबार पत्रकार सम्मेलन गर्दै कोरोना रोकथााम तथा नियन्त्रणका लागि यस्तो कदम उठाउन आफू बाध्य भएको बताएका छन् ।

उक्त सप्तान्त कफ्र्यु शुक्रबार राति १० देखि सोमबार बिहान ६ बजेसम्म लाग्नेछ । दिल्लीमा केही सातादेखि कोरोना संक्रमितको संख्या तिब्ररुपमा बढ्दै गएपछि यस्तो कदम उठाइएको बताइएको छ ।

त्यसैगरी कफ्र्युको समयमा हुने विवाहमा सहभागी हुनेहरुलाई इ–पास दिइने व्यवस्था गर्न लागिएको छ ।

त्यस्तै सपिङ मल, जिम, स्पा, अडिटोरियम, बजार र निजी कार्यालयहरु बन्द रहनेछन् ।

फिल्म हलहरुले ३० प्रतिशत दर्शक मात्र राखेर चलाउन पाउने छन् भने रेष्टुरेण्टमा बसेर खाना खान पाइनेछैन । केवल होम डेलिभरी मात्र हुने बताइएको छ । अस्पताल, एयरपोर्ट, बस र रेलवे श्टेशन जाने मानिसहरुलाई उक्त कफ्र्युका बेला छुट दिइनेछ । यसका लागि पास अनिवार्य गरिएको छ ।

दिल्लीमा बुधबार १७ हजार २८२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ९ हजार ९५२ जना निको भएका थिए । साथै १०४ जनाको निधन भएको थियो ।

दिल्लीमा हालसम्म ७ लाख ६७ हजार मानिस कोरोनाबाट संक्रमित भएका छन् । ती मध्ये ७ लाख ५ हजार निको भइसकेका छन् भने ११ हजार ५४० जनाको निधन भएको छ ।

 

 

 

 

वि.सं.२०७८ वैशाख २ बिहीवार १४:५० मा प्रकाशित

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

भद्रपुर (झापा) । यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले...

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी...

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले...

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा...

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

सिंगबहादुर थापा, बरहथवा (सर्लाही) । चिसो र शीतलहरको जोखिममा यहाँका...

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई...