back
CTIZAN AD

कोरोना संक्रमिण बढ्दै गएपछि दिल्ली सरकारद्धारा कफ्र्युको घोषणा

वि.सं.२०७८ वैशाख २ बिहीवार

690 

shares

२ बैशाख, काठमाडौं । भारतमा एकैदिन झण्डै २ लाख कोरोना संक्रमित थपिन थालेपछि कोरोनाबाट बढी प्रभावित राज्यहरुले कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभिन्न उपाय अवलम्बन गरिरहेका छन् ।

यसैबीच दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि दिल्लीमा सप्तान्त कफ्र्यु लगाउने घोषणा गरेका छन् ।

उनले विहीबार पत्रकार सम्मेलन गर्दै कोरोना रोकथााम तथा नियन्त्रणका लागि यस्तो कदम उठाउन आफू बाध्य भएको बताएका छन् ।

उक्त सप्तान्त कफ्र्यु शुक्रबार राति १० देखि सोमबार बिहान ६ बजेसम्म लाग्नेछ । दिल्लीमा केही सातादेखि कोरोना संक्रमितको संख्या तिब्ररुपमा बढ्दै गएपछि यस्तो कदम उठाइएको बताइएको छ ।

त्यसैगरी कफ्र्युको समयमा हुने विवाहमा सहभागी हुनेहरुलाई इ–पास दिइने व्यवस्था गर्न लागिएको छ ।

त्यस्तै सपिङ मल, जिम, स्पा, अडिटोरियम, बजार र निजी कार्यालयहरु बन्द रहनेछन् ।

फिल्म हलहरुले ३० प्रतिशत दर्शक मात्र राखेर चलाउन पाउने छन् भने रेष्टुरेण्टमा बसेर खाना खान पाइनेछैन । केवल होम डेलिभरी मात्र हुने बताइएको छ । अस्पताल, एयरपोर्ट, बस र रेलवे श्टेशन जाने मानिसहरुलाई उक्त कफ्र्युका बेला छुट दिइनेछ । यसका लागि पास अनिवार्य गरिएको छ ।

दिल्लीमा बुधबार १७ हजार २८२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ९ हजार ९५२ जना निको भएका थिए । साथै १०४ जनाको निधन भएको थियो ।

दिल्लीमा हालसम्म ७ लाख ६७ हजार मानिस कोरोनाबाट संक्रमित भएका छन् । ती मध्ये ७ लाख ५ हजार निको भइसकेका छन् भने ११ हजार ५४० जनाको निधन भएको छ ।

 

 

 

 

वि.सं.२०७८ वैशाख २ बिहीवार १४:५० मा प्रकाशित

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...