
५ वैशाख, काठमाडौँ । २०२१ को आईपिएलमा सनराइजर्स हैदरावादले लगातार तेस्रो पटक हारको सामना गर्नु परेको छ । चेन्नाईको मैदानमा भएको खेलमा हैदरावाद मुम्बई इन्डियन्ससँग १३ रनले पराजित भएको छ ।
टस जितेर पहिले ब्याटिङ्ग गरेको मुम्बई इन्डियन्सले २० ओभरमा ५ विकेट गुमाएर १५० रन बनाएको थियो । मुम्बईका लागि क्विनटन डि ककले सर्वाधिक ४० रन बनाएका थिए भने रोहित शर्माले ३२, सूर्याकुमार यादवले १०, इशान किसनले १२, काइरन पोलार्डले ३५, हार्दिक पांड्याले ७ र कुणाल पांड्याले ३ रन बनाएका थिए । हैदरावादका लागि बलिङ्ग तर्फ भने मुजिब उर रहमान र विजय शंकरले सर्वाधिक २/२ विकेट हात पारेका थिए ।
मुम्बईले दिएको १५१ रनको सामान्य लक्ष्य पछाएको हैदरावादले पुरै २० ओभरमा पनि ब्याटिङ्ग गर्न सकेन । हैदरावादको टिम १९.४ ओभरमा १३७ रन बनाएर अलआउट हुन पुगेको थियो । हैदरावादका लागि जोनी बेयरस्टोले सर्वाधिक ४६ रन बनाएका थिए । त्यसैगरी कप्तान डेविड वार्नर ३६, विजय शंकर २८ र विराट सिंह ११ रन बनाएर आउट भएका थिए । हैदरावादका यी बाहेक अरु खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन् । मुम्बईका लागि टे«ेन्ट बोल्ट र राहुल चाहरले उत्कृष्ट बलिङ्ग गर्दै ३/३ विकेट लिएका थिए ।
जितसँगै मुम्बई इन्डियन्स ३ खेलबाट ४ अकं जोड्दैँ अकं तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।