५ वैशाख, काठमाडौँ । मुम्बई इन्डियन्स र सनराईजर्स हैदरावाद बिच भएको आईपिएलको नवौँ खेलमा मुम्बई इन्डियन्सका कप्तान रोहित शर्माले नयाँ किर्तिमान बनाएका छन । उनी आईपिएलमा सर्वाधिक छक्का प्रहार गर्ने भारतीय खेलाडी बनेका छन ।
उनीले चेन्नाई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनीलाई पछि पादैँ आईपिएलमा सर्वाधिक छक्का प्रहार गर्ने भारतीय खेलाडी बनेका हुन । रोहित हैदरावाद विरुद्धको खेलमा ३२ रन बनाएर आउट भएका थिए । उनले त्यसखेलमा २ विशाल छक्का प्रहार गदैँ धोनीलाई पछि पारेका हुन ।
रोहित शर्माले आईपिएलमा अहिलेसम्म २०३ खेलमा २१७ छक्का प्रहार गरेका छन । त्यसैगरी महेन्द्र सिंह धोनीले भने २०६ खेलबाट २१६ छक्का प्रहार गरेका छन । आईपिएलको इतिहासमै सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी भने क्रिस गेल रहेका छन । उनले अहिलेसम्म ३५१ छक्का प्रहार गरेका छन । त्यसैगरी दोस्रो स्थानमा रहेका एबि डि भिलियर्सले २३७ छक्का प्रहार गरेका छन ।
वि.सं.२०७८ वैशाख ५ आइतवार १०:३९ मा प्रकाशित


























