back
CTIZAN AD

बार्सिलोनालाई कोपा डेल रेको उपाधि, मेसीको दुई गोल

वि.सं.२०७८ वैशाख ५ आइतवार

660 

shares

५ वैशाख, काठमाडौं । १२ मिनेटको अन्तरालमा ४ गोल गर्दै बार्सिलोनाले कोपा डेल रेको उपाधि जितेको छ । उसको जितमा कप्तान लिओनल मेसीको प्रेरणादायी प्रदर्शन रह्यो उनले खेलमा दुई गोल गरे ।

शनिबार राति भएको खेलको पहिलो हाफ बराबरीमा रोकिएपनि खेलको दोस्रो हाफमा बार्सिलोनाले चार गोलगर्दै खेलमा जित हात पार्यो । बार्सिलोनाको जितमा खेलको ६० औं मिनेटमा एन्टोनी ग्रीजम्यान, ६३ औँ मिनेटमा फ्रेन्की डे जोङ र लियोनल मेसीले ६८ औँ र ७२ औँ मिनेटमा गोल गर्दै ४-० को जित निकाल्दै उपाधि हात पारेको हो ।

बार्सिलोनाले सबैभन्दा बढी ३१ औं पटक कोपा डेल रे को उपाधि जितेको कीर्तिमानी बनाएको छ । बिल्बाओ भने यस अघि २०१९/२० मा पनि फाइनलमा रियल सोसिडाडसँग १-० ले पराजित भएको थियो ।

वि.सं.२०७८ वैशाख ५ आइतवार १०:४९ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...