back
CTIZAN AD

राम बहादुर थापाको सांसद पद खारेज, मन्त्री पद पनि गुम्यो

वि.सं.२०७८ वैशाख ५ आइतवार

678 

shares

५ बैशाख, काठमाडौं । गृहमन्त्री राम बहादुर थापा बादलको सांसद पद खारेज भएको छ । नेकपा माओवादी केन्द्रले थापालाई पार्टीबाट निस्कासन गरिएको भन्दै सांसद पद खारेजीका लागि संसद सचिवालयमा पत्र पठाएपछि उनको सांसद पद खारेज भएको हो । यो सँगै उनको गृहमन्त्री पद पनि गुमेको छ ।

‘नेपालको संविधानको धारा ८९ को खण्ड (ङ) बमोजिम राष्ट्रियसभा सदस्य माननीय राम बहादुर थापा मगरको पद रिक्त हुन आएकोले राजनीतिक दल सम्बन्धी ऐ, २०७३ को दफा ३५ को उपदफा (२) तथा राष्ट्रियसभा नियमावली, २०७५ को नियम १८६ को उपनियम (२) बमोजिम राष्ट्रियसभाका सम्माननीय अध्यक्षबाट स्वीकृत भए बमोजिम यो सूचना प्रकाशित गरिएको छ ।’ संघीय संसदका महासचिव भरतराज गौतमद्धारा जारी सूचनामा भनिएको छ ।

वागमती प्रदेशसभाबाट राष्ट्रिय सभा सांसद बनेका थापाले सर्वोच्च अदालतको २३ फागुनको निर्णयले नेकपा बदर गर्दै नेकपा एमाले नेकपा माओवादी केन्द्र व्युँत्याइ दिएपछि थापाले माओवादी केन्द्र त्यागेर एमालेमा लागेका थिए ।

नेकपा माओवादी केन्द्रले यसअघि पनि प्रतिनिधिसभा सदस्य तथा मन्त्री समेत रहेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई कारबाही गरेपछि उनीहरुको पनि सांसद पद खारेज भएको थियो । उनीहरुलाई प्रधानमन्त्री ओलीले विभिन्न मन्त्रालयको पदमा नियुक्त गरिसकेका छन् ।

Image

वि.सं.२०७८ वैशाख ५ आइतवार १०:५४ मा प्रकाशित

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...