back
CTIZAN AD

Mcc सम्झौता खारेज नै किन गर्ने ?

वि.सं.२०७८ वैशाख ५ आइतवार

891 

shares

नेपाल र नेपालीका शासनसत्ता संचालनाङ्गहरु : सरकार, सदन, शक्ति, संघसंस्था र संगठनका सिनियरहरु हो सोंच्नोस्, सचेत हुनोस् र संवेदनशील हुनोस् । गम्भीर, होशियार र जिम्मेवार बन्नुहोस् । कतैबाट कसैद्वारा कागले कान लग्यो भन्ने हल्ला गर्दैमा आफ्नो कान नसमातेर कागका पछि नहुर्रिऔं । अन्यथा पछि परिणाममा पूरै पछुताउनु पर्ने छ ।

यथार्थमा यहाँहरुले अहिले पारित गर्ने प्रयास/दुस्प्रयास गरिरहनु भएको अमेरिकी अर्धसरकारी व्यापारिक कम्पनी MCC संगको सम्झौता सार र समग्रमा यस्तो पो छ है  :
१) यसको प्रायोजकका नीति, नेता, नियत र नियती नै बेठिक छन् ।
२) वैचारिक, राजनीतिक, संवैधानिक, कूटनीतिक, आर्थिक, सामरिक र ऐतिहासिक आदि धेरै दृष्टिले बेठिक छ ।
३) यो अनुदान हो कि, रीण हो कि, लगानी हो कि, साझेदारी हो कि, बन्धकी हो कि आफैमा अस्पष्ट, गाँजेमाजे र विवादास्पद छ ।
४) हाम्रो राष्ट्रिय अस्तित्व, स्वत्व, स्वतन्त्रता, स्वाधीनता, सार्वभौमिकता र स्वाभिमानका साथै शान्ती र समृद्धिलाई समेत कोल्याप्स पार्ने दुर्भावनायुक्त नै छ ।
५) यसको परिकल्पना, प्रस्थापना, प्रावधान, प्रयोग र परिणाम पनि पृय, पाच्य, परोपकारी, परम्परागत र परिवर्तनीय पनि छँदैछैन ।
६) यो शोषक, उत्पीडक, शासक र घातक आयोजना हो ।
७) यो नेपाल र नेपालीको मात्र होइन विश्वक्रान्ति, विश्वशान्तिघाती, विश्वमुक्ति र विश्वप्रगतिघातीका साथै सोझै हाम्रो मित्रराष्ट्रघाती समेत छ ।
८) यो IPS को अङ्ग हो, सैनिक गठबन्धन हो, २१औं शताब्दीको नयाँ रुपरङ्ग र भावभङ्गिमामा आएको NATO हो, अमेरिकी सैनिक योजनाको पूर्वाधार हो, यो इष्ट इन्डिया कम्पनी पनि हो र सीधै BRI विरुद्ध समेत घोषित रुपमै परिलक्षित छ ।
९) यो झुट, कूट, फुट, लुट र भुटको लक्ष/उद्देश्य केन्दृत छ ।
१०) यो हेपाहा/मिचाहा, हुकुम/हैकमवादी, हस्तक्षेपकारी र हैरान/परेसानकारी छ ।
११) यो तपाइँ शासकहरुभन्दा माथी, हामी जनताभन्दा माथी, संविधानभन्दा माथि र तपाईं/हाम्रो सोंच, शक्ति, बुद्धि र कल्पना भन्दा माथी र विपरीत समेत छ ।
१२) यसै भएर त यस्लाई मात्रै सदनबाटै पासै गर्नै पर्ने, out dated भैसक्दा पनि यो कथित सहयोग दिनैरलिनै पर्ने, लिनेलाई भन्दा दिनेलाई हतारो र चटारो हुने, पारित भएपछी कार्यान्वयन हुनुपर्नेमा पारित नहुँदै कार्यान्वयन गर्नुरगराउनुपर्ने भनिएको छ ।
१३) त्यसैले स्पष्ट होऔं कि यो MCC संगको नेपालले गरेको भनिएको सम्झौता अश्वाभाविक, असंवैधानिक, आश्चर्यजनक, रहस्यमय, षड्यन्त्रपूर्ण र अमृतको लेपन लगाइएको बीष भरिएको भष्मासुरे चरम राष्ट्रघाती आयोजना नै हो  ।
१४) ल भन्नुहोस् त, यस्तो सर्वघाती MCC परियोजना किन स्वीकार गर्ने र किन खारेज नगर्ने ? के बौलाहा कुकुरले टोकेको हो र ?
होइन भने त यो MCC सम्झौता संशोधन, सम्बोधन, संकल्प र स्वीकार होइन कि अविलम्ब खारेज नै गरिनुपर्छ  ।

यदी यो वास्तविकता बुझ्न र साहस गर्न हाम्रो शासनसत्ता संचालनाङ्गहरु : सरकार, सदन, शक्ति, संघसंस्था र संगठनका सिनियर र सदस्यहरुले नसक्ने अर्थात् आफ्नो बुद्धि, विवेक र बलबुताको प्रयोग गर्नेतर्फ केही नसोंच्ने र नगर्ने तर खाली दलाली, चाकरी, चाप्लुसी र हजुरी गरेर हसुरी मात्रै रहने हो भने हामी सार्वभौम र शक्तिशाली समुदाय र समाजले सचेत, संवेदनशील, सुसंगठित, एकताबद्ध, गम्भीर र जिम्मेवार भएर सोंच्ने, घोंच्ने, झोंस्ने र ठोस्ने गरेर खारेज नै गर्नु/गराउनुको विकल्प छैन । चेतना र साहस भया !

(लेखक शर्मा Mccखारेज अभियान, नेपाल, २०७६ का संयोजक हुन् )

वि.सं.२०७८ वैशाख ५ आइतवार १०:५९ मा प्रकाशित

साना सहर विकासका अवसर र चुनौतीः सन्दर्भ खुर्कोट

साना सहर विकासका अवसर र चुनौतीः सन्दर्भ खुर्कोट

१. पृष्ठभूमि नेपालको सन्दर्भमा ‘साना सहर विकास योजना’ भन्नाले गाउँ...

‘नेपाल वेलनेस वर्ष’ : सांस्कृतिक कूटनीतिको नयाँ अध्याय

‘नेपाल वेलनेस वर्ष’ : सांस्कृतिक कूटनीतिको नयाँ अध्याय

काठमाडौँ । विश्व आज अभूतपूर्व प्रविधिगत परिवर्तनको युगबाट गुज्रिरहेको छ...

आ.ब. २०८३/२०८४ को सार्वजनिक बजेटको अवसर र चुनौतीहरु

आ.ब. २०८३/२०८४ को सार्वजनिक बजेटको अवसर र चुनौतीहरु

१. अवधारणा अर्थराजनीतिक दृष्टिकोणबाट देशको वार्षिक बजेट भनेको केवल आय–व्ययको...

नेपाली अर्थतन्त्रको विरोधाभाष

नेपाली अर्थतन्त्रको विरोधाभाष

१.अवधारणा नेपाली अर्थतन्त्रको विरोधाभाष ९क्ष्चयलथ०वा विडम्बना भनेको स्रोत, साधन र...

स्मृतिदेखि सामाजिक अभियानसम्म : शहीद कुसुम स्मृति प्रतिष्ठान

स्मृतिदेखि सामाजिक अभियानसम्म : शहीद कुसुम स्मृति प्रतिष्ठान

हरियाली डाँडाकाँडा, वनजंगल, खोलानाला र ग्रामिण दृश्यले भरिपूर्ण पहाडी क्षेत्र...

बिर्सँदै गएको इतिहास, जोगाउनुपर्ने गणतन्त्र

बिर्सँदै गएको इतिहास, जोगाउनुपर्ने गणतन्त्र

हरेक वर्ष ज्येष्ठ १५ गतेको सुनौलो बिहानीसँगै नेपाली जनताको स्मृतिमा...