
५ वैशाख, काठमाडौं । नेपाल बंगलादेश क्यापिटल लिमिटेडको नायब महाप्रबन्धकमा रामकुमार महत चयन भएका छन् । बैंकले २०७८ वैशाख २ गतेदेखि कार्यभार सम्हाल्ने गरी महतलाई नियुक्त गरिएको हो ।
मर्चेन्ट बैंकिङ क्षेत्रमा विगत १६ वर्षदेखि काम गरेको महतसँग अनुभव छ । नेपाल बंगलादेश क्यापिटल नेपाल बंगलादेश बैंकको पूँजीबजारमा शेयर रजिस्ट्रार, लगानी व्यवस्थापन, शेयर निष्काशन तथा विक्री प्रबन्धक, प्रत्याभूति एवं संस्थागत परामर्शदाताका रूपमा कार्य गर्ने मुख्य उद्देश्यले स्थापित सहायक कम्पनी हो ।