६ बैशाख, काठमाडौं। इटालियन सिरी ए मा साविक विजेता युभेन्ट्स एटलान्टासँग १-० ले पराजित भएको छ । स्टार खेलाडी क्रिष्टीयानो रोनाल्डो बिना मैदान उत्रेको युभेन्टस खेलको अन्तिम तीन मिनेट बाँकि हुदा गोल खादै पराजित भएको हो ।
गएराति भएको खेलमा एटलान्टाका लागि खेलको ८७औं मिनेटमा रुस्लान मालिनोभस्कीले निर्णायक गोल गरे । जितसँगै एटालान्टा अंक तालिकाको तेस्रो स्थानमा उक्लीएको छभने हारपछि युभेन्ट्स चौथो स्थानमा झरेको छ ।
सिरी ए अंक तालिकाको शीर्ष स्थानमा रहेको इन्टर मिलानको ३१ खेलबाट ७५ अंक रहेकाे छभने समान खेलबाट एसी मिलानको ६६, एटालान्टाको ६४ र युभेन्टसको ६२ अंक रहेको छ । अब सिरी ए मा सात खेल बाँकि रहेको छ ।
वि.सं.२०७८ वैशाख ६ सोमवार १०:१३ मा प्रकाशित

























