६ वैशाख, काठमाडौँ । २०२१ को आईपिएलमा रोयल च्यालेन्जर्स बेङ्गलोरले लगातार तेस्रो जित हासिल गरेको छ । बेङ्गलोरले आफ्नो तेस्रो खेलमा कोलकत्ता नाईट राइडर्सलाई ३८ रनले पराजित गदैँ तेस्रो जित हासिल गरेको हो ।
टस जितेर पहिले ब्याटिङ्ग गरेको बेङ्गलोरले २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनाएको थियो । बेङ्गलोरका लागि ब्याटिङ्गमा ग्लेन म्याक्सवेलले सर्वाधिक ७८ रन बनाएका थिए । त्यसैगरी एबि डि भिलियर्सले ३४ बलमा ७६ रनको विस्फोटक पारी खेलेका थिए । कोलकत्ताका लागि बलिङ्गमा वरुण चक्रवर्तीले सर्वाधिक २ विकेट लिएका थिए ।
बेङ्गलोरले दिएको २०५ रनको विशाल लक्ष्य कोलकत्ताले पुरै २० ओभर खेल्दाँ पनि पुरा गर्न सकेन । कोलकत्ताका २० ओभरमा ८ विकेट गुमाएर १६८ रन मात्र बनाएको थियो । ब्याटिङ्गमा कोलकत्ता लागि आन्द्रे रसलले सर्वाधिक ३१ रन बनाएका थिए भने बलिङ्गमा बेङ्गलोरका लागि काइल जैमीसनले सर्वाधिक ३ विकेट लिएका थिए । जितसँगै बेङ्गलोर ३ खेलबाट ६ अकं जोड्दैँ अकं तालिकाको पहिलो स्थानमा उक्लिएको छ ।
त्यसैगरी हिजै भएको दोस्रो खेलमा दिल्ली क्यापिटल्सले पंजाब किंग्सलाई ६ विकेटले पराजित गरेको छ ।
वि.सं.२०७८ वैशाख ६ सोमवार १०:१८ मा प्रकाशित

























