६ बैशाख, काठमाडौं । प्रतिनिधिसभाको हिउँदे अधिबेशन आजदेखि अन्त्यका लागि सिफारिस गरिएको छ ।
आज बिहान प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले हिउँदे अधिबेशनको अन्त्य गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
हिउँदे अधिबेशन अन्त्य भएपछि बजेट अधिबेशन सुरु हुनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुष ५ गते प्रतिनिधिसभा विघटन भएपछि सर्वोच्च अदालतले फागुन ११ गते संसद पुर्नस्र्थापना गर्दै १३ दिनभित्रमा संसदको अधिबेशन बोलाउन आदेश दिएपछि फागुन २३ गते संसद पुर्नस्थापनापछिको पहिलो बैठक बसेको थियो । file photo
वि.सं.२०७८ वैशाख ६ सोमवार १०:३६ मा प्रकाशित






























