६ बैशाख, काठमाडौं । प्रभु बैंकका नवनियुक्त अध्यक्ष लिलाप्रकाश सिटौलाले गभर्नरबाट पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट उनले सपथ लिएका हुन् ।
देवीप्रकाश भट्चनको स्थानमा बैंकको सञ्चालक समितिले सिटौलालाई गत शुक्रबार अध्यक्षमा चयन गरेको थियो । सिटौलालाई गत चैत २३ गते बैंक सञ्चालक समितिले स्वतन्त्र सञ्चालकमा नियुक्ति गरेको थियो ।
बैंकीङ क्षेत्रमा लामो समयको अनुभव रहेका सिटौलाले नेपाल राष्ट्र बैंकमा मात्रै करिब २५ वर्ष काम गरेकाे अनुभव रहेकाे छ । उनले यसअघि कृषि विकास बैंकको सीइओ, पूर्वान्चल ग्रामिण विकास बैंकको सीइओ, कर्जा सूचना केन्द्रको अध्यक्ष ,बीमा संस्थान तथा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा संचालकका रुपमा समेत काम गरेका छन् । उनले नेपाल बैकर्स संघको कार्यसमिति सदस्यको रुपमा समेत काम गरेका छन् ।
वि.सं.२०७८ वैशाख ६ सोमवार १३:१८ मा प्रकाशित





























