back
CTIZAN AD

मोबाइलमा इन्टरनेट स्पीड कसरी बढाउने ? जान्नुहोस् तरिका

वि.सं.२०७८ वैशाख १२ आइतवार

1.3K 

shares

काठमाडौं । पछिल्लो समय सबैजसो मोबाइल प्रयोगकर्ताले फोर जि स्मार्टफोन प्रयोग गर्दछन् । तर, फोर जी स्मार्ट फोन प्रयोग गरेपनि उनीहरुको फोनमा इन्टेरनेट स्पीड क्षमता भने निकै कमजोर रहेको पाईन्छ । उनीले थ्रीजी तहको इन्टरनेट क्षमता पनि प्रयोग गरिरहेका हुँदैनन् ।

आज हामी तपाईँलाई फोर जी नेटवर्क भएको मोबाइलमा देखिएको इन्टरनेट स्पीडको समस्यामा केहि टिप्स दिँदैछौं । जान्नुहोस् केहि टिप्स जसले बढाउनेछ तपाईँको मोबाइल इन्टरनेटको स्पीड :

सबैभन्दा पहिला तपाईँ आफ्नो सेटिङ्गमा चेक गर्नुहोस् र 4 G वा LTE लाई विकल्पको रुपमा छान्नुहोस् ।

मोबाइलमा इन्टरनेटको स्पीड स्लो हुनुको कारण मोबाइलको ब्राउजरमा थुप्रिने फोहोरले पनि हो । त्यसकारण मोबाइलको इन्टरनेट स्पीड बढाउन समय समयमा Cache र History हरु क्लियर गर्नुहोस् ।

कहिलेकाँही APN को सेटिङ्ग नमिलको कारण पनि इन्टरनेट स्लो हुने वा नचल्ने समस्या हुन्छ । त्यसकारण APN को सेटिङ्गमा गएर नेटवर्कअनुसारको सहि सेटिङ्ग गर्नुहोस् । यदि सेटिङ्ग गर्न आउँदैन् भने भएकोलाई फारेर नेटवर्क कम्पनीसँग सहयोग माग्नुहोस् । आजभोली सबै कम्पनीले तपाईँको मोबाइलमै नेटवर्कको सेटिङ्ग पठाउने गर्दछन् ।

फेसबुक, ट्विटर, यूट्युबजस्ता केहि एप्सले निकै इन्टरनेट खपत गर्ने गर्दछन् । उनीहरुको कारण पनि तपाईँको डाटा धेरै छिटो सकिने गर्दछ । त्यसकारण बढि इन्टरनेट खपत गर्ने यस्ता एप्सका अटो प्ले र डाउनलोड अप्सन बन्द गरिदिनुपर्दछ । साथै ब्राउजरमा डाटा सेब मोड ओपन गर्नुपर्दछ । यसले इन्टरनेटको स्पीड बढाउन निकै नै भूमिका खेल्नसक्छ ।

अनावश्यक एप्सहरु हटाउनुहोस् । तपाईँको मोबाइलको इन्टरनेट मात्रै होइन् मोबाइल पनि कतिपय अनावश्यक एप्सको कारण ढिलो हुनसक्छ । त्यसकारण ति एप्सहरुलाई हटाएर मोबाइललाई फास्ट बनाउँदै इन्टरनेट फास्ट बनाउन सकिन्छ ।

वि.सं.२०७८ वैशाख १२ आइतवार १४:५७ मा प्रकाशित

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालले संयुक्त...