१२ वैशाख, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञावालीले तत्काल देशैभनर लकडाउन गर्ने पक्षमा सरकार नरहेको बताएका छन् । उनले सरकार देशभरि एकैसाथ लकडाउनको पक्षमा नरेपनि संक्रमणको अवस्था हेरेर कुनै स्थान विशेषमा भने लकडाउन हुन सक्ने बताए ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको नेकपा एमालेको बैठक पश्चात प्रतिक्रिया दिदै उनले लकडाउन कोरोना संक्रमण रोक्ने अन्तिम समाधान नभएको बताए । नागरिक आफै सचेत बने लकडाउनको अवस्था नआउने उनको भनाइ थियो । ‘अहिले तत्काल हामी नेशनवाइड लकडाउन चाहिँ गर्दैनौं । अहिलेको हाम्रो आग्रह सबै नागरिकहरुलाई स्वास्थ्य प्रोटोकलको पालना गर्नुस् भन्ने नै छ ।’
उनले लकडाउन गर्दा देशको अर्थतन्त्र र समग्र नागरिकको जिवन यापनमा पर्ने असरलाई मध्यनजर गर्दै लकडाउनको पक्षमा नरहेको बताए । ‘भर्खर–भर्खर अर्थतन्त्र तंग्रिन लागेको हुनाले सकभर अर्थतन्त्रमा र मान्छेको जीविकामा प्रभाव नपरोस् भन्ने सरकारको चाहना छ । ’
वि.सं.२०७८ वैशाख १२ आइतवार १४:४२ मा प्रकाशित






























