१२ बैशाख, काठमाडौं । चेक बाउन्स सम्बन्धी अपराधमा अब मिलापत्र गर्न सकिने नियम ल्याइन लागेको छ । हाल चेक बाउन्स भएमा बैंकिङ कसुर ऐन, २०६४ र विनिमय अधिकार ऐन, २०३४ अनुसार कारवाहि हुने गरेको छ ।
हाल कार्यन्वयनमा रहेको ऐनले जरिवाना र जेल सजाय दुवै तोकेको छ । जसको कारणले गर्दा सामान्य लेनदेनमा पनि एकै किसिमको कारबारही भोग्नुपर्ने अवस्था रहदै आएको छ । त्यसैले यो ऐनको उचित संशोधन गर्ने प्रक्रिया गरिएको राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बताए ।
चेक बाउन्सको मुद्दाको लागि महान्यायाधीवक्ता कार्यालयले दुवै पक्ष राजी भएमा मिलापत्र गरेर मुद्दा टुङग्याउन सक्ने भएपनि यो प्रक्रियाले पुर्ण समाधान दिन सकेको छैन् ‘पुर्णरुपमा चेक बाउन्सका समस्या समाधान गर्नको लागि हाल लागु रहेको ऐननै संशोधन गर्नुपर्ने आवसेकता रहेको राष्ट्र बैंकको बुझाइ रहेको छ ।’ जसको तयारी स्वरुप बैंकको तर्फबाट गरिनु पर्ने पहिलो चरणको काम सकिएको मिश्रले बताए ।
बैंकिङ कारोबार गरी चेक बाउन्स भएमा त्यसलाई बैंकिङ कसुर सरह नै मुद्दा चलाने गरी दोषी ठहर भएमा कारवाही हुने तर ठगी मुद्दा मात्र भएमा मिलापत्र गर्न सकिने उनले बताए ।
वि.सं.२०७८ वैशाख १२ आइतवार १५:१९ मा प्रकाशित





























