back
CTIZAN AD

मुख्यमन्त्री गुरुङ्गविरुद्वको अविश्वासको प्रस्तावमाथि केहि दिनमै टुंगो लाग्ने

वि.सं.२०७८ वैशाख १२ आइतवार

807 

shares

वैशाख १२, काठमाडौं । मृख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्वको अविश्वासको प्रस्ताव सोमबार बस्ने प्रदेशसभामा टेबुल हुने भएको छ । आइतबार बसेको गण्डकी प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले सोमबारदेखि सुरु हुने प्रदेशसभाको विशेष अधिवेशनमा प्रस्ताव टेबुल गर्ने निर्णय गरेको हो ।

दलहरुले दर्ता अविश्वासको प्रस्तावमाथि पनि छिट्टै टुंगो लगाउने गरि तयारी थालेका छन् । दलहरुले सोमबारदेखि सुरु हुने विशेष अधिवेशनमा सम्बोधन गर्नेको पनि समयसीमा निश्चित गर्न सभामुखलाई अनुरोध गर्ने तयारी गरेका छन् ।

आइतबार बसेको परामर्श समितिको बैठकमा को–को बोल्ने भन्नेबारे अधिवेशन अगावै सचिवालयलाई सूची दिने तयारी पनि भएको जनाइएको छ ।

रातारात गरिएको थियो अधिवेशनको अन्त्य

यसअघि वैशाख १ को मध्यरात मुख्यमन्त्री गुरुङ्गले प्रदेशसभा अधिवेशनको अन्त्य गराएका थिए । उनले विपक्षी दलहरुले अविश्वासको प्रस्ताव दर्ताको तयारी गरेसँगै अपरझट अधिवेशनको अन्त्य गराएका थिए ।

मुख्यमन्त्री गुरुङले अधिवेशन अन्त्य गराएको भोली पल्ट अर्थात् वैशाख २ मा दलहरुले उनीविरुद्व प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । ६० सदस्यीय प्रदेशसभाका २८ सांसदले उनीविरुद्व लिखित रुपमा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

जुन प्रस्ताव दर्तापश्चात दलहरुले प्रदेश प्रमुखसँग विशेष अधिवेशनको माग गरेका हुन् । दलहरुको मागअनुसार प्रदेश प्रमुखले विशेष अधिवेशन बोलाएका हुन् ।

राष्ट्रिय जनमोर्चाको समर्थनमा ल्याइएको अविश्वास प्रस्ताव पास हुने सम्भावना अधिक छ ।

सम्बन्धित समाचार

अविश्वासको प्रस्ताव छल्न मुख्यमन्त्री गुरुङले मध्यरातमै गरे प्रदेशसभा अधिवेशनको अन्त्य

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

वि.सं.२०७८ वैशाख १२ आइतवार १५:२८ मा प्रकाशित

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

काठमाडौं । सरकारले वास्तविक सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा)वितरण नगरेसम्म अस्थायी...

अन्तर्राष्ट्रिय कलहरूमा रिटेल पल्स अवधि ६० सेकेन्ड कायम

अन्तर्राष्ट्रिय कलहरूमा रिटेल पल्स अवधि ६० सेकेन्ड कायम

काठमाडाैँ । नेपाल टेलिकम ले फोन तथा मोबाइल सेवा प्रयोग...

संसद्मा चर्कियो विवाद, विपक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग

संसद्मा चर्कियो विवाद, विपक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं । संघीय संसद्मा बुधबार नेकपा एमालेका नेता रामबहादुर थापा बादल...