back
CTIZAN AD

कता हराए जनमोर्चाका सांसद खिमबिक्रम शाही ?

वि.सं.२०७८ वैशाख १५ बुधवार

909 

shares

वैशाख १५, काठमाडौं । गण्डकी प्रदेश सभामा मुख्यमन्त्रीविरुद्व ल्याइएको अविश्वासको प्रस्तावमाथिको मतदान अन्तिम समय रोकिएको छ । राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्क बिहिन बनेसँगै मतदान रोकिएको हो ।

सांसद शाही सम्पर्क विहिन बनेसँगै राष्ट्रिय जनमोर्चाले बैठक स्थगित गर्न अनुरोध गरेको थियो । जनमोर्चाको निवेदन बमोजिम नै प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले बैठक स्थगित गराएका हुन् ।

प्रदेशसभामा राजमोका ३ सांसद छन् । अविश्वासको प्रस्ताव पास गर्न राजमोको मत निर्णायक छ ।

कता हराए सांसद शाही ?

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले शाही बिरामी लेखेर सम्पर्क बिहिन भएको बताएका छन् । उनले शाहीको खोजी थालेको बताए । अध्यक्ष बरालले शाहीको सम्पर्क विहिनताले गडबडी संकेत गरेको बताए ।

‘उहाँ फेसबुकमा बिरामी लेखेर सम्पर्कबिहिन हुनुभएको छ । हामी खोजीमा लागेका छौं, थाहा हुनासाथ जानकारी गराउँछौं’, बरालले भने, ‘तर निकै गडबडीको संकेत देखिएको छ ।’

यता शाहीको सचिवालयले भने शाही बिरामी भएर सम्पर्क बिहिन भएको बताएको छ । प्रदेश सभा बैठक स्थगित भएसँगै एक विज्ञप्ती सार्वजनिक गर्दै शाहीको स्वीकय सचिव मिलन हमालले बुधबार दिउँसो अकस्मात शाही बिरामी भएको बताए । उनले शाही परिवारसँगै उपचाररत रहेको बताएका छन् ।

May be an image of text that says 'Milan Hamal is with Junbikram Shahi and Khim Bikram Shahi. 15m गण्डकी प्रदेशका T.खिम बिक्रम शाही आज अचानक १२ बजे देखि बिरामीभै उपचार भैरहेको, उपचारको सिलसिलामा आफ्नै भाइ जुन बिक्रम शाही सडै रहेको जानकारी गराउछु उहाको मोबाइल अफ छ म सबै सुभचिन्तकलाइ नआत्तिन म अनुरोध गर्दछु। स्व. सचिब मिलन हमाल'

सम्बन्धित समाचार

सांसद हराएपछि गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित

गण्डकीमा जनमोर्चाका सांसद सम्पर्कविहिन, मतदान भए अविश्वास प्रस्ताव असफल हुने

वि.सं.२०७८ वैशाख १५ बुधवार १७:३७ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...