back
CTIZAN AD

पाकिस्तानमा दोस्रो लहरमा गम्भीर विरामीको संख्या पहिलेको भन्दा ५७ प्रतिशतले बढी

वि.सं.२०७८ वैशाख १९ आइतवार

780 

shares

१९ वैशाख । पाकिस्तानमा कोभिड १९ को अघिल्लो वर्षको भन्दा गम्भीर विरामी हुने व्यक्तिको संख्या कम्तीमा पनि ५७ प्रतिशतले बढेको देखिएको बताइएको छ ।

त्यहाँका अधिकारीहरुले पाकिस्तानमा अघिल्लो वर्षमा भएका विरामीहरुको तुलनामा यसवर्ष कम्तीमा पनि ५७ प्रतिशतले विरामी बढेको पाइएको बताएका हुन् ।

पाकिस्तानमा अहिले गम्भीर प्रकृतिका विरामी भएर भेन्टिलेटरमा रहेको संख्या ५ हजार भन्दा बढी छ । पाकिस्तानका विभिन्न अस्पतालहरुमा अहिले ५ हजार ३६० जना कोभिडका विरामी भेन्टिलेटरमा उपचाररत रहेका बताइएको छ ।

स्वास्थ्य मन्त्रालयका एकजना अधिकारीले भनेका छन् कि अघिल्लो वर्ष जुन महिनामा यहाँको कोरोनाका संक्रमितहरुको संख्या उच्च पुगेको थियो । गत वर्षको जुन महिनामा यहाँ सबैभन्दा बढी अर्थात् दुई हजार जना भेन्टिलेटरमा राखिएको थियो ।

तर अहिले भने यसरी गम्भीर प्रकृतिको विरामी भएर भेन्टिलेटरमा राख्नु परेका विरामीको संख्या ५ हजार नाघिसकेको छ । पाकिस्तानका अधिकारीहरुले अघिल्लो वर्षको तुलनामा पाकिस्तानमा कोरोनाको दोस्रो लहर बढी संक्रामक रहेको पनि बताएका छन् ।

पाकिस्तानमा अहिलेसम्म आठ लाखभन्दा बढी व्यक्ति कोरोनाका संक्रमित भएका छन् भने १७ हजार जनाभन्दा बढीको ज्यान गएको बताइएको

वि.सं.२०७८ वैशाख १९ आइतवार ०९:२९ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...