back

पाकिस्तानमा दोस्रो लहरमा गम्भीर विरामीको संख्या पहिलेको भन्दा ५७ प्रतिशतले बढी

वि.सं.२०७८ वैशाख १९ आइतवार

426 

shares
GLOBAL IME AD
NTC AD

१९ वैशाख । पाकिस्तानमा कोभिड १९ को अघिल्लो वर्षको भन्दा गम्भीर विरामी हुने व्यक्तिको संख्या कम्तीमा पनि ५७ प्रतिशतले बढेको देखिएको बताइएको छ ।

त्यहाँका अधिकारीहरुले पाकिस्तानमा अघिल्लो वर्षमा भएका विरामीहरुको तुलनामा यसवर्ष कम्तीमा पनि ५७ प्रतिशतले विरामी बढेको पाइएको बताएका हुन् ।

पाकिस्तानमा अहिले गम्भीर प्रकृतिका विरामी भएर भेन्टिलेटरमा रहेको संख्या ५ हजार भन्दा बढी छ । पाकिस्तानका विभिन्न अस्पतालहरुमा अहिले ५ हजार ३६० जना कोभिडका विरामी भेन्टिलेटरमा उपचाररत रहेका बताइएको छ ।

स्वास्थ्य मन्त्रालयका एकजना अधिकारीले भनेका छन् कि अघिल्लो वर्ष जुन महिनामा यहाँको कोरोनाका संक्रमितहरुको संख्या उच्च पुगेको थियो । गत वर्षको जुन महिनामा यहाँ सबैभन्दा बढी अर्थात् दुई हजार जना भेन्टिलेटरमा राखिएको थियो ।

तर अहिले भने यसरी गम्भीर प्रकृतिको विरामी भएर भेन्टिलेटरमा राख्नु परेका विरामीको संख्या ५ हजार नाघिसकेको छ । पाकिस्तानका अधिकारीहरुले अघिल्लो वर्षको तुलनामा पाकिस्तानमा कोरोनाको दोस्रो लहर बढी संक्रामक रहेको पनि बताएका छन् ।

पाकिस्तानमा अहिलेसम्म आठ लाखभन्दा बढी व्यक्ति कोरोनाका संक्रमित भएका छन् भने १७ हजार जनाभन्दा बढीको ज्यान गएको बताइएको

वि.सं.२०७८ वैशाख १९ आइतवार ०९:२९ मा प्रकाशित

सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि चीनले अमेरिकासँग सहकार्य गर्न तयार : चिनियाँ उपराष्ट्रपति

सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि चीनले अमेरिकासँग सहकार्य गर्न तयार : चिनियाँ उपराष्ट्रपति

वासिङ्टन । चीनका उपराष्ट्रपति हान झेङले चीन र अमेरिकाबीचको द्विपक्षीय...

बन्धकको सूची ‘कुनै पनि क्षण’ दिइनेछ : हमास

बन्धकको सूची ‘कुनै पनि क्षण’ दिइनेछ : हमास

कायरो । प्यालेष्टिनी इस्लामी समूह (हमास)ले युद्धविराम सम्झौता अनुसार पहिलो...

दक्षिण कोरियाका राष्ट्रपति युन हिरासतका विषयमा भएको सुनुवाईमा सहभागी

दक्षिण कोरियाका राष्ट्रपति युन हिरासतका विषयमा भएको सुनुवाईमा सहभागी

सियोल । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई थप २०...

सपिङ मलमा आगलागी हुँदा सात जनाको मृत्यु भएको आशङ्का

सपिङ मलमा आगलागी हुँदा सात जनाको मृत्यु भएको आशङ्का

जकार्ता । इन्डोनेसियाको जाकार्ता शहरको एक सपिङ मलमा बुधबार साँझ...

म्यान्माको खानीमा पहिरो जाँदा ३२ जनाको मृत्यु

म्यान्माको खानीमा पहिरो जाँदा ३२ जनाको मृत्यु

  याङ्गुन । उत्तरी म्यानमारको कचिन राज्यमा एक जेड खानीमा...

बलिउड अभिनेता खान छुरा प्रहारबाट घाइते

बलिउड अभिनेता खान छुरा प्रहारबाट घाइते

मुम्बई । बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार हुँदा...