back
CTIZAN AD

कथा: भूल कसको ?

वि.सं.२०७८ जेठ ८ शनिवार

1.1K 

shares

फुर्सदको बेला आँगनको झार गोड़ेर नै चिल्लै बनाउँदै छु । बर्षा झरीमा जुका,सर्प जस्तो रक्त पिपासु मेरै आँगनमा मेरै रगत चुस्नु नआओस् भनेर सोच्दै थिए ।

घरको पछिल्लो भागतिर घ्वारलप्प…गरेको आवाज सुने । मैले सोचे कोही न कोही जिप्टिएर बज्रियो भूईमा । म आवाज आएको भागतिर चिहाउनु भन्दै थिए ! ठिक त्यहि समय तल्लो गाउँको मनमाया बहिनी पो मेरो छेउमा आईपुगिन् । उ निकै आतिएकी र हतारिएकी थिइन् । मैले उसलाई निकै बिचार गरे । उसको अनुहार भयपूर्ण देखिन्थ्यो । निधारमा पसिनाको भल छुटिरहेको थियो । केशराशि जिङरिङ्ग अस्तब्यस्त छ ।

मनमाया बहीनी मेरो घरको मूल बाटो भएर हिड़दा संधै त मुसुक्क हाँस्दै नै बोलाउँदै आउँथिन् जान्थिन् । उसै उसै पनि हसिलो मुहारकी । असल स्वाभावकी मनमाया बहिनीलाई के भयो के भयो आज ? उ बोल्नु सकेकी थिईनन । शरीर नै कंम्पनले थररर बनिरहेको भयानक दृश्य देख्दा केही न केही रहस्य छ । कारण छ भन्ने बिचार मेरो मनमा आयो । अनि केही सोधेर वास्तविकता बुझ्नु मन लाग्यो । किन यसरी भयभित छिन् उनी ? किन आतिएकी होलान् ?के भयो उनलाई ? केही त गड़बड़ छ नै मैले ठाने । त्यसै माथि मनमायाको शंकास्पद हालत देख्दा मलाई आश्चर्य लाग्नु स्वाभाविक नै हो । मेरो मनमा पनि अनेक शंकाहरु जन्मन्छ । उ बोल्नु सकेकीरहेकी थिईनन । उसलाई नियाल्छु साह्रै एकोह्रिएकी छिन् ।

मैले धेरै बिचार बिर्मश गरिवरि बिस्तारै उसलाई भने–हन ! आज के भयो तिमीलाई बहिनी ? बोल्दैनौ पनि । चल्दैनौ पनि । खास कुरा भन त बहिनी तिमीलाई के भयो ? यही प्रश्न पटक पटक दोह्राए । तब उ झस्किन् । अनि पो उसले लामो स्वाँस स्वास्वा गरेर तानिवरी पुलुक्क मलाई हेरिन् । अनि उसको दुवै आँखा चिम्म गरिन् । तब सम्झिन्दो हो उ सुरक्षित छ्न् अथवा मलाई देखेर गाउँआईपुगे छु भनी ढुक्क पर्दो हो । अनि बिस्तारपूर्वक उ आतिएको मूल कारण उसले भन्नु थालिन् – दाजु म बजारबाट घर फर्कीने तत्खारमा थिए । साँझ ढल्डै थियो । मैले पैदल घर तिर फर्कीने बिचार गर्दै थिए । त्यसै समय म देखी अलिक पर तिर केही मानिसहरू झगडा गरिरहेको थियो । झुण्ड–झुण्ड पर्यो । केही क्षणपछि कोही भाग्न थाल्यो । कोही कराउन थाल्यो । कसैले भन्दै थियो मार्यो–मार्यो काम बिगार्यो । कसैले भन्दै थियो भाग छिटो भाग । मलाई भने मनमा डर पस्यो । त्यही माथि एक्लो आईमाई । त्यही बाटो भएर मलाई पनि घर आउनु थियो । अब कता जाउ बाटो रोज्नु सकिरहेकी थिइनँ । सडक शून्य पर्यो । सबैले पसलहरू बन्द गर्नु थाल्यो । भागाभागको दृश्य देख्दा म आत्तिएछु । निकै डराएछु । त्यतिबेलानै मेरो छेउ सन्तलाल दाजु पो एक हातमा रगत लतपतिएको खुकुरी बोकेर आईपुग्यो । हातभरि रगतै छ । अनुहारमा पनि केही रगतको बाछिटाले रंगीएको थियो । आँखा जुधाउनु सकिनँ । उ पनि मलाई नहेरि गयो । खै ! कता हो कता । अलिक परतिर एकमान्छे रगताम्मे लखरन्न लडिरहेको देखे । त्यतिबेलासम्म त्यो शरीर निर्जीव बनिसकेको थियो । रगतको भल बगिरहेको थियो । जो जोकमान नै हुनपर्छ । लेदरको ज्याकेट लगाएको थियो । मैले उसलाई बिहानबजारमा भेटेको थिएँ । त्यही बस्त्रको आधारमा मर्ने मानिस जोकमन नै हो दाजु । म यसघटना देखेर स्वाँसै नरोकी दौड़ीएर नै यहाँसम्म आइपुगेकी छु । यति भनेर उनी एकक्षण मेरै छेउ उभिरहीन् । म भने उसको कुरा सुनेर मुख आँ गरेर ट्वाल्ल हेरेको हेरै । मनमाया बहिनी फेरि ढ्वाक ढ्वाक गरेर कुदेर जाँदा पो म झस्किएछु । आङ्ग जिङरिङ भयो ।

मनमाया बहिनी किन नआतियोस र ! त्यो घटनाको खबरले सबैलाई थर्कमान परि छोड़्नेछ । म आफै पनि त टाड़ै बाट सम्हालिनु सकिनँ । मनमाया किन नआतियोस् ?

यतिबेला सम्म यो घटना गाउँभरि हल्ला भईसकेको हुन्छ । मनकुमार दाजु त्यही बाटो ओह्रालो झर्दै रहेछ । मैले उसलाई नजानिदो पाराले सोधे–दाजु ! जोकमन र सन्तलालको घटना सत्य हो रहेछ ? मेरो प्रश्न सुनेर मनकुमार दाजुले पनि छोटो उत्तर दिन्छ ! जोकमन मारि गएछ नि । यति भन्दै दाजु गयो हतार साथ । मैले उसलाई हेरिपठाए । उ गएको ठाउँ ओह्रालै ओह्रालो ओह्रालै ओह्रालो ।
सन्तलालले छिनाकै रहेछ जोकमानलाई । अति दुःखदायी घटना घट्यो । त्यो घटनाले पुरै गाउँलाई नै दुख्यो । कसको पक्षमा उभिने गाउँ । दुवै एकै गाउँको त हो । एक समय ति दुवै घनिष्ठ मित्रता थियो । समयलेनै ति दुवैलाई यसरी कठोर शत्रुतामा बदली दियो । यहाँसम्म कि एक जनाको प्राणनै गयो ।

यो घटना सम्भावितनै थियो । किनभने जोकमानले सन्तलालको राम्री पत्नी यसोधालाई भगाएर लगेकै हो । यसैबाट जन्मिएको थियो ति दुई माझ शत्रुता । फलत जोकमानको प्राणनै गयो ।
बुझेर नै यसोधाले सन्तलालसँग बिवाह गरेकी थिईन् । जोकमानले पनि सानैदेखि मित्रताको सम्बन्धमा छल गरेकै थियो । सन्तलालले पनि रक्सी नपिएको भए र घरमा अशान्ति नगरेको भए यसोधा जोकमानसँग पोइला शायद जाने थिएन होला । सन्तलालको घृणित ब्यवहारले यसोधाको मन बदलिनु धेरै समय लागेन । जे नहुनु थियो त्यही भयो । यसोधा जोकमानसंग प्रेम गरी पोइला गईन् । यस घटनाले मेरो मनमस्तिष्कमा दोषी को रहेछ त ?यही प्रश्नहरूले घेरिरहन्छ ।

मैले सोच्दै थिए । सन्तलालको पत्नी यसोधालाई जोकमानले भगाएर दोषीनै थियो । यसोधा पनि घरमा लोग्ने हुँदाहुँदै अर्कोसँग पोइला जानु दोषी नै भयो । सन्तलालको ठूलो दोष जोकमानलाई मार्नु थियो । जोकमानलाई नमारेर दोस्रो बिवाह गरी घर बसाएको भए त्यहाँ पनि सुन्दर संसार बन्न सक्थ्यो । त्रिकोणी प्रेम भूल कसको ? यही सोच्दैनै मेरो माथा घुमिरह्यो ।

राती एकहुल पुलिस झर्यो मेरै घरको बाटो भएर । यतिबेला गाउँ सुनसान बन्यो । पल्लो घरको काकी बरण्डामा निस्केर मलाई भन्दै थिईन् – ओई ! कान्छा सन्तलाल पनि पक्राउ परेछ हगि ? थाहापाईस् के ? फेरि भन्दै थिईन् यसोधालाई पनि पुलिसले थानामा बोलाएको छ अरे । यसै घटनाले म दुःखी थिएँ । मैले टाउको हल्लाएर सांकेतिक उत्तर मात्र काकीलाई दिए । काकीले मेरो उत्तरलाई वास्ता गरे कि गरेनन् मलाई थाहानै भएन । म चाहि यो घटनाक्रम हुनुमा मुख्य भूल कसको हो ? यस्तै प्रश्नहरूको पर्खाल बनेर धेरै बेरसम्म एक्लै उभिरहे उभिरहे रातको चिसो हावामा….।

वि.सं.२०७८ जेठ ८ शनिवार ०७:३७ मा प्रकाशित

झिल्का कविताका ३ वटा कृति विमोचन तथा वाचन कार्यक्रम सम्पन्न

झिल्का कविताका ३ वटा कृति विमोचन तथा वाचन कार्यक्रम सम्पन्न

काठमाडौं । झिल्का साहित्य समाजको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात...

तृषित मन’ हाइकु /सेन्यु सङ्ग्रहको लोकार्पण

तृषित मन’ हाइकु /सेन्यु सङ्ग्रहको लोकार्पण

काठमाडौँ । कविताको लघुतम रूप हाइकु र सेन्यु नेपाली साहित्यमा...

चारु

चारु

दिपक पनेरु, ईश्वरपुर ४, सर्लाही, सागरनाथ भन्थ्यौ छोड्छु जिद्दीपन त्यो...

सुसेली

सुसेली

सुशील आचार्य तारकेश्र्वर ५ , काठमाडौँ १ जिन्दगी कस्तो सधैं...

गजल

गजल

सुधिर थापा, कुपण्डोल, ललितपुर खुसी बन्दै झुम्याै कस्तो तिमी मेरै...

गजल

गजल

बीके मुखिया,वाङदे, दार्जिलिङ,भारत प्यारमा वाचा गऱ्यौ सब बहानाझैँ भयो प्रेम...