१.
साथ दिदैंमा हजुर सबै साथी हुँदैन
देश र माटो भन्दा कोहि माथी हुँदैन
कुकुरले जति नै हाँउहाँउ गरे पनि,
लेखेरै राख्नुस्, कहिले हाथी हुँदैन ।
२.
जाने त गइ हाल्छन्, सम्झना बाँकी रहन्छ
यो मन अनि मूटुभित्र कल्पना बाँकी रहन्छ
सजिलै कहाँ मेटिन्छ मिठापलका यादहरु,
बाँच्नेलाई भो ज्युँदै मर्नु वेदना बाँकी रहन्छ ।
३.
कोहि अगाडि मिठा मिठा कुरा धस्छन्
नदेखिने गरि पछाडीबाट छुरा धस्छन्
ए ! हजुर मान्छेको मित्र शत्रु हुन्छ मान्छे,
नयाँ जोगीले जिउमा खरानी पूरा धस्छन् ।
४.
कसैले अक्सिजन नपाएर प्राण दिनुपर्छ
स्वाँस्वाँ अनि हिकहिकगर्दै त्राण दिनुपर्छ
ए ! हजुर बढो दुःखका साथ भन्नुपर्छ कि,
यतिबेला बाँचेको छु भन्ने प्रमाण दिनुपर्छ ।
५.
बाख्रा बाख्रा तिर लाग्छ, भेडा भेडा तिर लाग्छ
छट्टुहरु जहिले पनि काफलको गेडा तिर लाग्छ
ए ! हजुर ईमान र धर्मको जति कुरा गरे पनि,
लोभी अनि स्वार्थीहरु अन्ततः पेडा तिर लाग्छ ।
वि.सं.२०७८ जेठ ८ शनिवार ०७:४० मा प्रकाशित






























