back
CTIZAN AD

कथा: ईख

वि.सं.२०७८ जेठ ८ शनिवार

915 

shares

सन्तबहादुरका दम्पतीले आफ्ना बर्कतले भ्याएसम्मको डाक्टरी पद्धतिको उपचार विधि बिबाहित जीवनका सात वर्षसम्म चलाउँदा पनि सन्तान नभएपछि वैद्य विधीमा समेत दुइतीन वर्ष अल्मलिएका थिए । चिनेजति र संभव भएसम्मको देवी देवताको मठमन्दिर पुगेकै थिए, र पनि नौ वर्षसम्म उनीहरुको सन्तान थिएनन् ।

त्यसो त, पहिले पनि त्यो मन्दिर गएको अनुमान नलगाएकी थिइनन् सन्तबहादुरकी जहानले । जे भएपनि बिबाह भएको नौ वर्षपछि, सन्तानेश्वर मन्दिरको भगवानलाई निख्खर सेतो बोको र एक जोर बासेका राता भाले चढाएको वर्षदिनमै गरिब दम्पतीको कोखबाट जन्मिएको सन्तान उज्ज्वल, मेलापात बनजङ्गल पाखा–पखेरामा खेल्दाखेल्दै बाँसका मुनाझै सर्रसर्ती हुर्कियो ।

रहरको एकमात्र सन्तानलाई आफु गरिबै भएपनि लेखाई पढाइ गराएर ठूलो मान्छे बनाउने चाहानाका साथ ती दम्पतीले गाउँकै नाउँ चलेको बोडिङ्ग स्कुलमा छोरोलाई पढाउने योजना बनाएका थिए ।
उज्ज्वल दिनानुदिन पढाइमा अब्बल हुदै थियो । घरमा आमा बा,को र स्कुलमा सर, म्याडमको विस्वास जितेर भरोसाको पात्र बनेको थियो ।

अतिरिक्त कृयाकलापदेखि स्कुलका हरेक परिक्षामा प्रथम स्थान ओगड्दै उज्ज्वलले नाम जस्तै कर्म गरेर गरिब दम्पतीलाई हर्षित पारेको थियो ।

त्यसो त, सन्तबहादुरका दम्पती मेलापातमै पनि सुखका दिनको कल्पनामा यसरी रमाउँथे–कोदालीले माटोको चपेरा आलिमा घ्वाप्प पार्दै पैंतालाले माटो थप्थपाएर आली मिलाउँदै, सन्तबहादुरले भने–‘यस वर्ष केटोले आठ पास अर्च ।’

निधारको पसिना औंलाले सोहोरेर तर्रर झार्दै जहानतिर नजर पुर्याएर आफ्नो अनुहार उज्यालो पारेर आँखीभौं उचाल्दै उनले बोले–
‘अबका चार बर्षमा हाम्रो बाबुले पिनी बाह्र सकाएर जायिर अर्ने छ बुणी !’

माटो कोदालीको धारबाट सोहोर्दै हत्केलामा खेलाउँदै मट्याङ्रो बनाएर बुढीलाई निधारमै ताकेर ट्वाक्क हानेर सन्तबहादुर फेरि बोले–‘अनि त, तँ पनि अलि सुकिली होलिस् नि है ध्वाँसे !’
गहिरा खोपिल्टाभित्रका आँखाका गेडी दायाँबायाँ गराउँदै सर्रर एकफेरा उजेलिएकी थिइन् उज्ज्वलकी आमा !

अम्मलले पहेँलो भएका दाँत गिजासहित देखिनेगरि फ्याँस्स हाँसेका थिए सन्तबहादुर पनि !

घरमा । मावलमा । सन्तबहादुरको नालनातामा । इष्टमित्र, शुभ चिन्तक सबैतिर एक प्रकारको हर्ष खुसीको तरङ्गले छोइरहेको थियो ।

ती गरिब दम्पतीले पनि जीवनको आधा सताब्दीको सेरोफेरोमा आज चारदिन सम्म पनि ज्याला मजदुरी र कडा परिश्रम बिना घरमै बसेर मीठो मसिनो खाएका थिए । यो खुसी छोरो उज्ज्वलले बाआमाको पोल्टामा हालिदिएको थियो ।

स्कुल र स्थानिय संघ संस्थाले जेहेन्दार विद्यार्थी भनेर उज्ज्वललाई सम्मान गरे बापत केही नगद र सरसामान पुरस्कार स्वरुप उनीहरुको घरमा भित्रिएको थियो ।
यतिका दिन मेलापात नगरेर गफै मात्र गरेर बिताएको जीवनका कुनै वर्ष, कुनै महिनाको पनि सन्तबहादुरको मनमा याद आएको थिएन । आधा सताब्दी जीवन काटिसक्दा पनि जीवन अवधिका चारदिने विश्रामले भित्रभित्रै कोपरिएर सन्तबहादुरले जहानसंग भनेका थिए –

‘केटाकी आमा यता सुन न, मुन्छेसं बोल्न नपाउदा खेरि मलाई कत्खेर गर माटो छुम छुम भओ !’

‘खेतका आलि मसार्न नपाउदा र झारपात छुन नपाउदा तलाई अत्यार ला,न ?’

आफुले खादै गरेको चुरोटको ठुटो जहानलाई दिदै सन्तबहादुरले भने–
‘बस्न पार, नसुनेझै अर्चे ! ला, सर्का दुई तान !’

उसो त, छ महिना अघिदेखि दुईवटा खसी बेचेर छोरोले बाह्र पास गरेपछि खर्च गर्ने, रमाइलो गर्ने, दिनचार बसिबसी खाने, सन्तानेश्वर भगवानका मन्दिरमा जाने भनेर उज्ज्वलकी आमाले पचासहजार गाँठो पारेर राखेकी थिईन् ।

खसी बेचेको पैसो पनि सम्झदै सन्तबहादुरले भने–

‘अलिअलि पैसो च्यापिच्चे केरे, पैसो समाउन पाए त, गचक्क पर्दी रचे ध्वाँसे !’

घरिघरि सन्तबहादुरले भाँडा माझी रहेकी जहानलाई कोट्याउँदै भनेका हुन्थे–
‘हाम्रो छोराले बाह्र किलास पास अरो है बुणी !’

खुसी थेग्न सन्तबहादुरलाई गाह्यो भएर कति पटक झाँडु कुचो गरिरहेकी जहानको अघि पछि गर्दै भनेका थिए– ‘हाम्रो छोराले पनि बाह्र पास अरो हैन्त बुणी !’

‘आखिर हामीले छोरो पणाएरै छोड्यौ !’

‘शत्रुकै मेख मर्नेअरी पणो केटाले पिनी !’

सन्तबहादुरले घमण्ड छचल्काउँदा जहानले पुलुक्क अनुहारमा हेर्थीन्, गोडेर बाँकी रहेजस्ता दाह्री जुँगा छामछुम गरिरहेका सन्तबहादुरले पहेलपुर दाँत देखाउँथे ।

‘तिमी कति दङ्ग पर्छौ के !’ ‘बाबुलाई फुन अर तो, हिजोदेखि घरआ, छैन । ‘कतिओणा साथेकाँ ग,को हो यो !’

‘मावली आमाबालाई पिनी भेट्न गए हुन्तो उँवाअर्लेे, नि आशिर्बात दिनुहुन्तो ।’

‘बाह्र पास भएर नि अझै पढ्चन् है ! तेल्ले नि पढ्ला नि अरु !’
‘अझै धेरै पास हुँदा क्यार्चौ बुणा !’

‘सुख पाम्नी बेलाँ बोउलाऊला नि फिरी’
‘धेरै खुस्सी नहोऊ !’

उनी फतफताउँदै भित्र बाहिर गरिरहेकी थिईन् । सन्तबहादुर कुर्सीमा अँडेसिएर आफ्नो अनुहारको जुँगा दाह्री छामछुम गर्दै जहानलाई हेरिरहेका थिए ।
सन्तबहादुरलाई बधाई दिने र पाँच दश मिनेट भएपनि गफ्फिन आउने मान्छेहरुको क्रम सन्तबहादुर कहाँ अझै जारी नै थियो । सन्तबहादुरको मनमा पनि खुसीको काउकुती शान्त भइसकेको थिएन ।
‘अम्मल ले, ले कता छ ? कति तल्तल हुन्च हे !’
सन्तबहादुर जहानसंग खुसी साट्न बहाना गरिरहेका थिए ।

‘होइन औ ! यिनी कस्तो सुख्ख खप्न नसक्ता रचन् !’

‘यस्ता सन्तोकको सास पिनी ढुक्कसँ फेर्न नसक्नेलाई कैले सुख्ख हुन्च र !’

लाइटर र चुरोटको बट्टा सन्तबहादुरको हातमा थमाईदिदै उनी लुङ्गीको फेराबाट फोन झिकेर बोलेकी थिईन्–सुनिच्चु भन तो, कान्छी होइन र !’

‘अं, भन् ,अं ! हो !’

‘उता सन्चै छौ …!’

फोन सुन्दै गरेकी सन्तबहादुरकी जहान निकै बेरदेखि मुख आँ गरेर जिब्रो भित्रभित्रै हल्लाइरहेकी थिईन् ।

उताबाट आएको आवजले अनुहारमा चमक भरेर भनेकी थिईन् –‘हिँ छन् ! दङ्ग परिच्चन् !’

‘हेर,कान्छी मलाई पिनि जातिबित्ति हर्क लाइच्च !’

कानमा टपक्कै टाँसेको फोन हातमा लिएर फेरि खल्ल हाँसिन् ऊनी ।

सन्तबहादुर जहान फोनमा बोलेको सुन्दै चुरोटको सर्को तानिरहेका थिए । बाटोमा चर्को स्वरले घुँइकिएको मोटरसाइकल कच्ची भित्री बाटोहुँदै आफ्नै घरमा आएर रोकिदाँ सन्त बहादुर छक्क परेर हेरिरहेका थिए ।

‘बधाई छ बधाई ! सन्तबहादुर बुवा ! आमा खोई ? बधाई छ आमालाई !’

एक जोर सुकिला रिष्टपुष्ट युवाहरुले हात जोड्दै नजिकै आएर सन्त बहादुरको ढाँडमा धाप मारेर आफुहरु उज्ज्वलको शिक्षक भएकोमा समेत गौरव मानेका थिए ।
‘उज्ज्वल जस्तो होनाहार सन्तान जो कोहीको कोखमा जन्मदैन ।’

सरले यति भनिरहदा सन्तबहादुर सन्तानेश्वर भगवानसँग मनमनै उज्ज्वलको सधै सफलता र दिर्घायूको याचना गरिरहेका थिए ।

बाहिर गाइगुई सुनेर चिया पकाउदै गरेकी उज्ज्वलकी आमाले ढोकाको संघारमा आएर उभिईन् ।

आमा नजिकै पुगेर दुबै शिक्षकले सम्मानपूर्वक भनेका थिए–

‘सफल छ आमा हजुरको कोख ! बधाई छ हजुरलाई !’

ठूल्ठुलो स्वरले नजिकै गाडिको आवाज आउदै गरेकोले बोल्दाबोल्दै चारैजना मौन भएका थिए ।

सन्तबहादुरको घरमा खुसीको संञ्चार हुँदै गर्दाको बखत एक जोर पुलिस आएर भने –‘तपाईं संग केही सोधपुछ गर्न छ सन्तबहादुर जी गाडिमा बस्नुहोस् !’
प्रहरीले त्यसो भनिरहँदा सन्तबहादुर असिनपसिन भइसकेका थिए ।

आफ्नो घरदेखि तिनघर पल्तिरको घर पुगेर आँगनबाट उज्ज्वल बेस्सरी कराएको थियो –झरना.. झरना ! बाहिर आइज !
घरकाले अनेक बहाना बाजि गर्दै थिए उज्ज्वलले चुल्ठोमा समातेर आँगनमा उभ्यायो र भन्यो – ‘मेरो प्रगतिमा डाह भयो र यति गरिस् !’
झरनाको गालामा दुई चड्कन लगाएर उज्ज्वलले चिच्याएर भन्यो – ‘भन् यो घटिया काम गर्न कस्ले सिकायो ?’

हिड् म सम्मान गरेर लैजान्छु तँलाई,

‘गरिबीको छोरासंग जान्छेस् ?’
‘महल छोडेर झुपडीमा जान्छेस् ?’
‘कस्ले भनेर गरिस् यो सब भन् ?’

उज्ज्वलले थर्काएर सोधेँपछि आफ्नो बाउले सिकाएकाले आफुले उजुरी हालेको धरधर आँसु झार्दै गरेर झरनाले फटाफट भनिरहेकी थिइ ।

संयोग ! त्यहा आएका प्रहरी हवल्दार र शिक्षक रोशन संगसंगै पढेको साथी थिए । दुई मित्र खुसीले अंकमाल गरे । अप्रत्याशित भेटले त्यतिखेर ती दुबै गदगद थिए ।
शिक्षक रोशनले सन्तबहादुर लाई गिरफ्तार गर्नु पर्ने कारण सोधे,

‘केश जटिल छ यार !’
‘उज्ज्वलमाथि हिजो बलत्कारी मुद्दा दर्ता भयो ।’ केही अपशोच मानेझै गरेर हवल्दार बोले ।

ऊ फरार छ । सोधपुछको लागि बाउलाई लानै पर्ने, उताबाट पिडिको दबाब थियो ।

हवल्दारका कुरा सुनेर दुई शिक्षक लगायत सन्तबहादुर दम्पती चकित परेका थिए ।

एकैछिनपछि शिक्षक रोशनले दाह्रा किटेर भने – ‘यो झुटो आरोप हो !’

‘उज्ज्वललाई फसाउँन गरिएको यो षड्यन्त्र हो !’

‘दोस्त ! उज्ज्वलको जिम्मा म लिन सक्छु यार !’

‘उसको बाउलाई पीडा नदेऊ, छोडिदेऊ !’

शिक्षक रोशनले यति बोल्दै गर्दा गाउँका मान्छेहरु त्यहाँ खचाखच भइसकेका थिए ।

मान्छेहरु खासखुस गर्दागर्दै उज्ज्वल पनि त्यहाँ आइपुग्यो ।

पीडित झरनाले दिएको निवेदन अनुसार आफुलाई संवेदनशील अंगहरुमा छोएको र आफुले बिरोध गर्दा जबरजस्ती बलात्कार गरेको भन्ने उजुर उज्ज्वलको नाममा परेको थियो । उज्ज्वल स्वयम् आए, अब आफुलाई काम गर्न सजिलो हुने भयो हवल्दारले उज्ज्वल तिर फर्केर भनेका थिए ।

चुपचाप हवल्दारका कुरा सुन्दै गरेका उज्ज्वलले सिष्टतापूर्वक भनेका थिए –‘सर म पीडितलाई भेट्न चाहान्छु !’

एक हात आफ्नो छातिमा टाँसेर शरिर केही झुकाउदै उज्ज्वलले भने – ‘के तपाईं मलाई यत्ति सहयोग गर्न सक्नुहुन्छ ?’

शिक्षक रोशनको साथीका नाताले पनि हवल्दारले उज्ज्वलको कुरामा मन्जुर भए ।

आफ्नो घरदेखि तिनघर पल्तिरको घर पुगेर आँगनबाट उज्ज्वल बेस्सरी कराएको थियो –झरना.. झरना ! बाहिर आइज !
घरकाले अनेक बहाना बाजि गर्दै थिए उज्ज्वलले चुल्ठोमा समातेर आँगनमा उभ्यायो र भन्यो – ‘मेरो प्रगतिमा डाह भयो र यति गरिस् !’
झरनाको गालामा दुई चड्कन लगाएर उज्ज्वलले चिच्याएर भन्यो – ‘भन् यो घटिया काम गर्न कस्ले सिकायो ?’

हिड् म सम्मान गरेर लैजान्छु तँलाई,

‘गरिबीको छोरासंग जान्छेस् ?’
‘महल छोडेर झुपडीमा जान्छेस् ?’
‘कस्ले भनेर गरिस् यो सब भन् ?’

उज्ज्वलले थर्काएर सोधेँपछि आफ्नो बाउले सिकाएकाले आफुले उजुरी हालेको धरधर आँसु झार्दै गरेर झरनाले फटाफट भनिरहेकी थिइ ।

सबै घटना क्रमपछि शिक्षक रोशनले पनि त्यहाँ मुख खोलेर यसरी भनेका थिए –‘हवल्दार साव् ! उज्ज्वल जेहेन्दार विद्यार्थी थियो । झरना र ऊ एउटै क्लासका सहपाठी थिए । स्कुलदेखि बाह्रसम्मको सबै परिक्षामा उज्ज्वल सधैं प्रथम हुन्थ्यो ।
झरना बल्लतल्ल पास मार्क ल्याउथी !’
प्राथमिक तहदेखिनै झरनाको बाउ हामीलाई किन्न खोजिरहेका थिए ।
उनका बहकाउमा हामी कहिल्यै लागेनौ बरु झरनालाई अर्को स्कुलमा सार्नको लागि पनि हामीले धेरै अनुरोध गरेका थियौ । बदलामा झरनाको बुवा मोलमोलाइ गर्दै हामीलाई किन्न चाहेका थिए त्यो कहिल्यै पूरा हुन सकेको थिएन ।

यो कुरा हामीले शिक्षकको बैठकमा राख्थ्यौ । निस्कर्षमा डम्बर बहादुरका कुराको कुनै शिक्षकले वास्ता नगर्ने आफुहरु शिक्षाको धर्म निभाउने भनेर सबै शिक्षक चुपचाप थिए ।

उनको चाहाना यो थियो कि, ‘झरना सधैं प्रथम होस् ।’
उज्ज्वल सके फेल, नभए बल्लतल्ल पास मात्र होस् ।

उनको अहंम यो थियो कि, ‘मेरो जग्गा कमाइ खाने गरिबको छोरो मेरो छोरी भन्दा अगाडि नजाओस् !’

यही इगोको कारण आज यहासम्म हर्कत गर्न पछि परेनन् यी साहु !
‘यिनलाई हदैसम्मको कार्वाही होस् र उज्ज्वल निर्दोष भनी ससम्मान अविर जात्रा गरिओस् हवल्दार साब !’

शिक्षक रोशनका कुरा सुनिरहेका गाउँलेहरु स्वस्फूर्त रुपमा त्यतिबेलै कोही उज्ज्वललाई अविर लगाउन र हाइ–हाइ उज्ज्वल भन्न थालेका थिए । भने कोही नारा लगाउन थालेका थिए ।
‘डम्बरे साहु मुर्दाबाद !’
‘षड्यन्त्रकारीलाई जेल नेल गर !’
‘उज्ज्वल बाबू हाय ! हाय !!’
‘सन्तबहादुर जिन्दाबाद !’
‘डम्मरे साहु मुर्दाबाद !’

नारा लगाउदै गाउँलेहरु गाउँ परिक्रमा गरिरहेका थिए ।

डम्बरबहादुर साहुलाई गाडिमा राखेर पुलिसको गाडि घुइकियो ।
सन्तबहादुरले शिक्षकलाई अंकमाल गरेर धरर्धरी रोए ।

बुढा रोएको देखेर उज्ज्वल कि आमाले कराउन थालिन् – ‘हैन, यो बुणा कस्तो खुसी खेप्न नसक्ने गाठे !’

‘माष्टर बाबुले यत्रो कुरा छर्लङ्ग पारेर हामी मुन्छेका अगाडि दूध पानीझै छर्लङ्ग भइम् ! यस्तो खुसीका बेला नि रुन्चन् ?’

फेरि उज्ज्वल तिर फर्केर उनी बोलिन् –
‘तँ नि किन अमिलो निचरेझीँअर्चस् ?’

‘यिनरु सुख्ख, खुसी पचाउनै सौतयन् !’

जहानका कुराले सन्त बहादुर पनि पहेंला दाँत देखाएर हाँस्दै भनेका थिए –‘हिँडओ आमा छोरा घर !’
जहानलाई ईसारा गरेर भने–

‘जा च्या पका !’

‘सर र म एक छिनमाआउचम् !’

‘अलि यता आ,बाबू !’

आँखाँ पर्ला !’

उज्ज्वलको शिरभरीको अविर हातले पुच्दिदै बर्बराईन् – खुप् धनी छम् भन्दैमा जे अर्न पाइन्च र ! हाम्रा मुन्छे रचन् नि ! रचन् हैन्त बाबू !

‘भगवानले पठाइदिएका हुनन् आज ती मास्टरलाई !’

बोल्दाबोल्दै आमाछोरा घर पुगिसकेका थिए ।

‘आमा पानी खाम् न !’

टाउकोभरिको लामो लामो जुल्फिकेश समेलेर जुरुक्क उखेलिएलाझै तानेर उज्ज्वलले आँखा चिम्म गर्यो, तल्लोओठ माथिपट्टी उचालेर मुख कचाकुचु पार्दै लामो सुस्केरा फुकेर उज्ज्वल पिढीमा राखेको कुर्सीमा थचक्क अडेसिदै बस्यो त्यतिबेला उज्ज्वलको मन यसरी बोलेको थियो– ‘म खुरुखुरु आफ्नो कर्म गरेको थिए,

मेरो सफलतामा डम्बरे साहुको यति ठूलो षड्यन्त्र !’

‘मेरा आमाबा,को गरिबीमाथि यति ठूलो प्रहार !’

‘मेरा आमाबा गरिब हुनाले यतिसम्मको घृणित सजाए हो !’

‘ममाथि डम्बरेको यस्तो ईख किन ?’

‘मेरो लगनशीलतामा डम्बरेलाई यति ठूलो ईख किन ?’

उज्ज्वलको मन हुँडलिएर चिड् चिड् पसिना आयो । ऊ फेरि टाउकोको केश मुट्ठीमा समेल्दै, कसेर एकफेरा तनक्क तन्कायो र,आँखा बन्द गरी कुर्सीमा आफुलाई लतरक्क छोडिदियो ।

वसन्त ऋतुको बेलुकी पख एकनासले कोइली बोलेको सुनियो ।
कुहुँ ..!
कुहुँ.. !!
कुहुँ..!!!

 

 

 

वि.सं.२०७८ जेठ ८ शनिवार ०७:४५ मा प्रकाशित

झिल्का कविताका ३ वटा कृति विमोचन तथा वाचन कार्यक्रम सम्पन्न

झिल्का कविताका ३ वटा कृति विमोचन तथा वाचन कार्यक्रम सम्पन्न

काठमाडौं । झिल्का साहित्य समाजको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात...

तृषित मन’ हाइकु /सेन्यु सङ्ग्रहको लोकार्पण

तृषित मन’ हाइकु /सेन्यु सङ्ग्रहको लोकार्पण

काठमाडौँ । कविताको लघुतम रूप हाइकु र सेन्यु नेपाली साहित्यमा...

चारु

चारु

दिपक पनेरु, ईश्वरपुर ४, सर्लाही, सागरनाथ भन्थ्यौ छोड्छु जिद्दीपन त्यो...

सुसेली

सुसेली

सुशील आचार्य तारकेश्र्वर ५ , काठमाडौँ १ जिन्दगी कस्तो सधैं...

गजल

गजल

सुधिर थापा, कुपण्डोल, ललितपुर खुसी बन्दै झुम्याै कस्तो तिमी मेरै...

गजल

गजल

बीके मुखिया,वाङदे, दार्जिलिङ,भारत प्यारमा वाचा गऱ्यौ सब बहानाझैँ भयो प्रेम...